Date
शुक्र, जेष्ठ ३०, २०८२
Fri, June 13, 2025
Date
शुक्र, जेष्ठ ३०, २०८२
Fri, June 13, 2025

मधेश प्रदेशका तेस्रो सांसद...

जनकपुर,३० जेठ । मधेश प्रदेशका जनता समाजवादी पार्टी (जसपा) का सांसद सरोजसिंह कुशवाहा...

धनुषामा सुनचाँदी व्यवसायीको आन्दोलन...

जनकपुर,३० जेठ ।  सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरिएको दुई प्रतिशत ‘विलासिता कर’को...

सिरहामा लागुऔषधसहित सात जना...

 जनकपुर,३० जेठ । सिरहा प्रहरीले पछिल्लो तीन छुट्टाछुट्टै कारबाहीमा लागुऔषध कारोबार तथा सेवनमा...

राप्रपाका रविन्द्र मिश्र र...

काठमाडौं,३० जेठ । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रविन्द्र...
spot_imgspot_imgspot_img
23.1 C
Kathmandu
40.6 C
Birgunj
spot_imgspot_imgspot_img

देश पुरानो व्यवस्थामा फर्किन्नः अध्यक्ष दाहाल

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैं,२८ जेठ ।  माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक फेरि पुरानो व्यवस्था अर्थात् केन्द्रीकृत शासन प्रणालीमा नफर्कने स्पष्ट पारेका छन्।

- Advertisement -

बुधबार अन्नपूर्ण गाउँपालिका–३ मा अवस्थित ज्ञानप्रकाश नमूना माध्यमिक विद्यालयले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल जनताको बलिदान र लामो राजनीतिक संघर्षबाट स्थापित भएको उल्लेख गर्दै, “अब यो व्यवस्था उल्टिने छैन, सुधार गर्दै अघि बढ्नुपर्छ,” भने।

उनले हालको प्रणालीमा देखिएका कमजोरीहरूलाई सच्याउँदै जनतामा आशा जगाउने खालका काम गर्न राजनीतिक नेतृत्व प्रतिबद्ध हुनुपर्ने आवश्यकता औँल्याए। “राजनीतिमा निराशा फैलिन नदिन नेताहरू जनतामाझ पुगेर उनीहरूको समस्या बुझ्नुपर्छ, म स्वयं घरदैलोमा पुगेर जनताको आवाज सुन्दै आएको छु,” उनले भने।

- Advertisement -

कार्यक्रममा उनले कालीगण्डकी करिडोरको निर्माणलाई प्राथमिकतामा राखेर आफूले सक्दो पहल गर्ने बताए। “यो आयोजना राष्ट्रिय महत्वको हो, चाँडोभन्दा चाँडो सम्पन्न गर्न म जिम्मेवार रूपमा लाग्नेछु,” उनले थपे।

Leave a Reply

ताजा समाचार

spot_img

थप समाचार