Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

भारतीय नागरिकता स्वीकार गरेका...

वीरगञ्ज, ३ फागुन — वीरगञ्जका व्यवसायी सज्जन पोदार अग्रवालले २०६३ सालअघि आफू भारतीय...

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...
spot_img

पाँच महिनापछि बालेन र सुनिता प्रत्यक्ष छलफलमा, बजेट तयारीले ल्यायो सहकार्य

spot_img

काठमाडौं,२९ जेठ । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनीता डंगोलबीचको दुरी घट्दै गएको छ । ५ महिनापछि कार्यपालिका र नगरसभा बैठक सञ्चालन गर्नेबारे उनीहरुबीच प्रत्यक्ष छलफल भएको छ । मेयर, उपमेयर र केही वडा अध्यक्षहरूबीच हिजो महानगरको कार्यपालिका बैठक बोलाउने र बजेटमा के कसरी ल्याउने भन्नेबारे छलफल भएको महानगर स्रोतले जनाएको छ ।

यसअघि कार्यपालिकाको बैठक पुस १४ गते बसेको थियो । त्यसपछि विवादकाबीच कार्यपालिकाको बैठक बस्न सकेको थिएन ।
मेयर र उपमेयरसँगैको छलफलमा नेकपा एकीकृत समाजवादीका वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोल, प्रवक्तासमेत रहेका वडा नम्बर १७ का कांग्रेसका अध्यक्ष नवीन मानन्धर र वडा नम्बर ३२ का अध्यक्ष एमालेका नवराज पराजुली पनि सहभागी थिए ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई महानगरमा हाजिर गर्न दिने र नदिने विषयमा मेयर र उपमेयरबीच विवाद भएको थियो । पछि बहुमत वडा अध्यक्ष र कर्मचारीको बलमा उपमेयर डंगोलले उनलाई महानगरमा हाजिर गर्ने वातावरण बनाएकी थिइन् । त्यसपछि प्रमुख र उपप्रमुखबीचको विवाद बढ्दै गएको थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय