काठमाडौं,३० जेठ । तीनकुनेमा भएको आगजनी र पत्रकार सुरेश रजकको हत्यासम्बन्धी घटनामा संलग्न भएको आरोपमा दुर्गा प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार चलान गरिएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनीहरूलाई कारागार चलान गरिएको हो।
कारागार चलान गरिएका अभियुक्तहरूमा दुर्गा प्रसाईं, सरोज गौतम, गोकर्ण शाही, डण्डपाणी रेग्मी, सुशील बराल, केशव बस्नेत र जितबहादुर श्रेष्ठ छन्।

२०७८ चैत १५ गते पूर्वराजाको समर्थनमा गरिएको प्रदर्शनका क्रममा तीनकुनेस्थित सुनौलो इन्द्रेणी बचत तथा ऋण सहकारीको भवनमा भएको आगजनीमा संलग्न भएको अभियोग उनीहरूमाथि लागेको छ।
उक्त घटनामा समाचार संकलन गर्न गएका पत्रकार सुरेश रजकको ज्यान गएको थियो। प्रहरी अनुसन्धानले आगजनीमा रामेछापका सरोज गौतम र अछामका गोकर्ण शाहीको संलग्नता पुष्टि गरेको छ।
यस घटनालाई लिएर मुलुकभर गम्भीर चासो व्यक्त गरिएको छ।