Date
बिहि, फाल्गुन ७, २०८२
Thu, February 19, 2026
Date
बिहि, फाल्गुन ७, २०८२
Thu, February 19, 2026

सर्लाहीमा तीन मोटरसाइकल आपसमा...

सर्लाही,०७ फागुन । सर्लाहीको बाँके–सङ्ग्रामपुर सडकखण्ड अन्तर्गत खीला गाउँ नजिक बुधबार राति भएको...

एमालेले आज घोषणापत्र सार्वजनिक...

काठमाडौं,०७ फागुन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आज...

‘टिम नेपाल’मार्फत पाँच वर्षमै...

जनकपुर,०७ फागुन । गगन थापा ले ‘टिम नेपाल’को अवधारणा अघि सार्दै पाँच वर्षभित्र...

लोकतान्त्रिक–प्रगतिशील शक्तिलाई विजयी गराउन...

काठमाडौं,०७ फागुन । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट आन्दोलनका वरिष्ठ नेता झलनाथ खनाल ले...
spot_img

मधेशको आर्थिक सर्वेक्षण आज प्रदेशसभामा प्रस्तुत हुँदै

spot_img

जनकपुर,३० जेठ । मधेश प्रदेश सरकारले शुक्रबार आगामी आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेशसभामा प्रस्तुत गर्न लागेको छ । आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षण अर्थमन्त्री सुनिलकुमार यादवले आज मधेश प्रदेशसभामा प्रस्तुत गर्न लागेका छन् ।

शुक्रबार मधेश प्रदेशसभाको पाँचौ अधविेशनको ९ औं बैठकमा आर्थिक सर्वेक्षण २०८१/०८२ प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको हो । प्रदेशसभाका सचिव बासुप्रसाद कोइरालाका अनुसार आजको बैठकमा अर्थमन्त्री यादवले प्रदेश आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने र सभामुख रामचन्द्र मण्डलले अर्थ मन्त्रालयबाट प्राप्त आव २०८२/०८३ को राजश्व तथा व्ययको अनुमान सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ ।

मधेश सरकारले गएको शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएका थिए । आउने असार १ गते सरकारले बजेट ल्याउने तयारी गरेका छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय