Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026
Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

महतो नेतृत्वको सदभावना र...

बिरगंज , २९ पुस । आम जनता पार्टी (आजपा)ले मंगलबार एकैदिन दुई पार्टीसंग...

कांग्रेस विशेष महाधिवेशन :...

वीरगञ्ज २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पक्षधरहरूले निर्वाचन प्रक्रिया धमाधम अघि...

नेपाली कांग्रेसको विशेष महाधिवेशन...

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि निर्वाचन समितिले निर्वाचन तालिका...

गच्छदारले भने कांग्रेस संकटमा,...

वीरगञ्ज , २९ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारले पार्टी गम्भीर...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
13.6 C
Birgunj
spot_img

शक्तिशाली संरचना बिना विद्युत विस्तार असम्भव : कार्यकारी निर्देशक शाक्य

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,३० जेठ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरण हाल कठिन अवस्थामा रहेको बताएका छन्। उनले यो अवस्था संस्था घाटामा गएर नभई, कमजोर प्रसारण र वितरण प्रणालीका कारण सेवा प्रवाहमा समस्या आएको स्पष्ट पारेका हुन्।

शुक्रबार काठमाडौंमा आयोजित नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको १३औं महाधिवेशनलाई सम्बोधन गर्दै शाक्यले वर्तमान पूर्वाधारले विद्युत् भार धान्न नसकेको र यसमा पर्याप्त लगानीको खाँचो रहेको औंल्याए। हामी अहिले ३ हजार ५ सय मेगावाटलाई हाम्रो प्रसारण र वितरण प्रणालीले धान्न सकिरहेका छैनौं। हाम्रो प्रणाली त्यति कमजोर छ, उनले भने, अहिले सिस्टम ट्रिप भइरहेको छ । आर्थिक अवस्था, हामीले गर्नुपर्ने लगानी पर्याप्त गर्न सकेनौं।

शाक्यले सरकारले २८ हजार ५ सय मेगावाट विद्युत उत्पादनको लक्ष्य राखेको सन्दर्भमा अहिलेको ३ हजार ५ सय मेगावाट धान्न नसकेको अवस्थामा भविष्यमा थप चुनौती आउने चेतावनी दिए। उनले कम्तिमा १० हजार मेगावाटको क्षमता नभएसम्म प्राधिकरणलाई सबल बनाउन नसकिने धारणा राखे।

नेपाल अल्पविकसित मुलुकबाट विकसित मुलुकमा जाँदै गर्दा सस्तो ब्याजदरमा ऋण पाउन पनि कठिन हुने हुँदा प्रसारण र वितरण लाइन निर्माणमा चुनौती देखिएको शाक्यले बताए। उनले वैदेशिक सहयोग नआएमा प्राधिकरण एक्लैले यस क्षेत्रलाई धान्न नसक्ने भन्दै निजी क्षेत्रको सहयोगका लागि आग्रह गरे।

ताजा समाचार

थप समाचार