Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

भारतीय नागरिकता स्वीकार गरेका...

वीरगञ्ज, ३ फागुन — वीरगञ्जका व्यवसायी सज्जन पोदार अग्रवालले २०६३ सालअघि आफू भारतीय...

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...
spot_img

बाराको सिम्रौनगढमा कुटाकुट : पूर्व प्रशासकीय अधिकृत र कर्मचारीबीच झडप

spot_img

सिम्रौनगढ,३० जेठ । बाराको सिम्रौनगढ नगरपालिका कार्यालयमा आज दिउँसो १२ बजे पुनःझडप भएको छ । नगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवाल र प्रशासन शाखा प्रमुख भोजेन्द्र प्रसाद चौधरीबीच कार्यालयभित्रै कुटाकुट भएको हो।

प्रशासन शाखा प्रमुख भोजेन्द्र प्रसाद चौधरीले हरिओम प्रसाद जयसवाल चार जनाको समूहमा प्रशासन शाखा कक्षमा प्रवेश गरी आफ्नो हाजिर किन काटेको भन्दै कलर समातेर कुटपिट गरेको बताएका छन्। चौधरीका अनुसार, कुटपिटका क्रममा उनले लगाएको दुई तोलाको सुनको सिक्री समेत हराएको छ। त्यसपछि जयसवाल समूह नगर प्रमुख किशोरी प्रसाद कलवारको बैठक कक्ष नजिक पुगी मेयरलाई पनि दुव्र्यवहार गर्न खोजेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

होहल्ला भएपछि हरिओम प्रसाद जयसवाल त्यहाँबाट भागेका थिए भने उनीसँगै आएका एक व्यक्ति छुट्न पुगेका थिए। ती व्यक्ति आफ्नो ज्यान जोगाउन नजिकैको शिव शक्ति औषधि पसलमा भागेर लुकेको र पछि इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट आएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको जनाइएको छ।

यता, पूर्व प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवालले आफूमाथि लगाइएका सबै आरोपहरू झुटो रहेको दाबी गरेका छन्। उनले भनेका छन्, “म आफ्नो हाजिर बनाउन नगरपालिकामा गएको बेला नगरप्रमुख किशोरी प्रसाद कलवारका बाउंसरहरूले मलाई कुटपिट गर्न खोज्दा म ज्यान जोगाउन त्यहाँबाट भागेको हुँ। म सँगै रहेका मेरा सालोलाई कुटपिट गरेको र पछि प्रहरी आएर नियन्त्रणमा लिँदा उनी जोगिएका हुन्।“

हरिओम प्रसाद जयसवाल यसअघि सिम्रौनगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत थिए। उनी सातौँ तहका कर्मचारी हुन्। दशौँ तहका कर्मचारी आएपछि उनको उक्त पद गएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय