Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025
Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025

गुरु पूर्णिमामा प्याब्सन बीरगन्ज–पर्साले...

बीरगन्ज, २६ असार -गुरु पूर्णिमाको पावन अवसरमा निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन प्याब्सन...

बागमती प्रदेश सरकारले २६...

काठमाडौं,२६ असार । चालु आर्थिक वर्ष बागमती सरकारको २६ प्रतिशत बजेट फ्रिज भएको...

सम्झौताअनुसार भारतले पानी नछोडदा...

बीरगन्ज,२६ असार । नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार भारतले पर्याप्त पानी नदिँदा बारा र...

डा. अरविन्द शाहको नेतृत्वमा...

बीरगन्ज,२६ असार । पर्साको पोखरिया अस्पतालले चिकित्सा क्षेत्रमा एउटा महत्त्वपूर्ण सफलता हासिल गरेको...
spot_imgspot_imgspot_img
23.5 C
Kathmandu
31.7 C
Birgunj
spot_img
spot_imgspot_imgspot_img

दाइजोका लागि श्रीमतीको हत्या, घटना मिलाउन स्थानीय प्रहरी र नेताहरू सक्रिय

spot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगंज, ४ असार – हत्याको घटनालाई रौतहट प्रहरीले मिलाउन खोजेको आरोप लागेको छ। पीडित पक्षले वीरगंजमा पत्रकार सम्मेलनको आयोजना गरी स्थानीय नेताहरूको दबावमा परेर प्रहरी अनुसन्धान प्रभावित पार्ने प्रयास गरिएको तथा दोषीलाई उन्मुक्ति दिन खोजिएको आरोप लगाए।

- Advertisement -

रौतहटको कटहरिया नगरपालिका–५ बजारमा गत बैशाख २८ गते छोरीको हत्या भएको आरोप लगाउँदै माइती पक्षले प्रहरीमा छानबिनका लागि जाहेरी दिएका थिए।

भारतको बिहार राज्य, पूर्वी चम्पारण सुगौली राय टोला, निमुई वडा नं. ११ निवासी मोलाजिम रौशनकी छोरी सानिया प्रविनको मुस्लिम परम्पराअनुसार मागी विवाह भएको थियो।

- Advertisement -

माइती पक्षका अनुसार उनीहरूको अवस्था दयनीय रहेको र केटा पक्षले माग गरेको दाइजो स्वरूप नगद रकम, केटीएम ड्यूक बाइक लगायतका सामान दिन नसक्दा छोरीलाई चरम मानसिक र शारीरिक यातना दिइ हत्या गरिएको हो भन्ने उनीहरूको दाबी छ।

नेपाल पत्रकार महासंघ, पर्साको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा मृतक सानिया प्रविनका मामा तथा वीरगंज निवासी अरमान अंसारीले सासू, ससुरा र ज्वाइँ अरमान राय भाट मिलेर भान्जीको हत्या गरेको र अर्की भान्जीलाई पनि हत्या गरेर फालिदिने धम्की दिइरहेको आरोप लगाए।

“विवाह भएको ६ महिना नपुग्दै बहिनीको हत्या भएपछि हामी मर्माहत भएका छौं। न्यायको गुहार लगाउन दिनहुँ सुगौलीबाट धाइरहेका छौं,” मृतक सानियाका दाजु साहबाज रौशनले पत्रकार सम्मेलनमा बताए।

उनका अनुसार प्रहरी प्रशासनमा जाँदा उनीहरूको कुरा नसुनेको र अनुसन्धान कसरी अगाडि बढेको भन्ने विषयमा कुनै जानकारी नदिएको गुनासो छ। साथै, केटा पक्षले घटना मिलाउन आर्थिक प्रलोभन दिइरहेको र धम्की समेत दिएको आरोप पनि उनले लगाए।

“कसैलाई फसाउने हाम्रो उद्देश्य होइन। हामी सत्य र तथ्यमा आधारित अनुसन्धानको पक्षमा छौं। घटनाको वस्तुस्थिति हेर्दा यो स्पष्ट रूपमा हत्या हो, तर स्थानीय नेता र प्रहरी प्रशासनले यसलाई आत्महत्याको रूप दिन खोजिरहेका छन्,” रौशनले पत्रकार सम्मेलनमा भने।

ताजा समाचार

spot_img

थप समाचार