Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025
Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025

गुरु पूर्णिमामा प्याब्सन बीरगन्ज–पर्साले...

बीरगन्ज, २६ असार -गुरु पूर्णिमाको पावन अवसरमा निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन प्याब्सन...

बागमती प्रदेश सरकारले २६...

काठमाडौं,२६ असार । चालु आर्थिक वर्ष बागमती सरकारको २६ प्रतिशत बजेट फ्रिज भएको...

सम्झौताअनुसार भारतले पानी नछोडदा...

बीरगन्ज,२६ असार । नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार भारतले पर्याप्त पानी नदिँदा बारा र...

डा. अरविन्द शाहको नेतृत्वमा...

बीरगन्ज,२६ असार । पर्साको पोखरिया अस्पतालले चिकित्सा क्षेत्रमा एउटा महत्त्वपूर्ण सफलता हासिल गरेको...
spot_imgspot_imgspot_img
23.5 C
Kathmandu
31.7 C
Birgunj
spot_img
spot_imgspot_imgspot_img

बारामा कुटपिटबाट एक पुरुषको हत्या, महिलासहित चार जना पक्राउ

spot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा,०४ असार । बाराको कलैया उपमहानगरपालिका–१४ बघवनमा पुरानो विवादका कारण ५० वर्षीय नन्दु राउत कुर्मीको कुटपिट गरी हत्या गरिएको घटनामा एक महिलासहित चार जना पक्राउ परेका छन्।

- Advertisement -

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, घटनामा संलग्न रहेको आरोपमा पक्राउ पर्नेहरूमा २८ वर्षीय दिगम्बर साह कलवार, ३८ वर्षीया रञ्जु जयसवाल (उमेश जयसवालकी पत्नी), रञ्जुका दुई छोरा  २० वर्षीय सुमित जयसवाल र १८ वर्षीय सुजित जयसवाल रहेका छन्।

प्रहरीका अनुसार, जेठ २९ गते साँझ करिब ६:१५ बजे नन्दु राउत कुर्मीलाई पुरानो रिसइबीका कारण उमेश जयसवालसहित ६ जनाले कुटपिट गरेका थिए। गम्भीर घाइते कुर्मीलाई तत्काल उपचारका लागि कलैयास्थित प्रादेशिक अस्पताल पुर्‍याइएको थियो, तर उपचारका क्रममा साँझ ७:२० बजे उनको मृत्यु भयो।

- Advertisement -

प्रहरीले घटना हुनासाथ दिगम्बर साहलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको थियो। त्यसपछि फरार अन्य आरोपीको खोजीका क्रममा कलैया–५ मा लुकेर बसेकी रञ्जु जयसवाल र पर्साको वीरगञ्ज महानगरपालिका–१ शान्तिटोलमा लुकेका उनका दुई छोरा सुमित र सुजितलाई बुधबार पक्राउ गरिएको हो।

घटनामा संलग्न मुख्य आरोपी उमेश जयसवालसहित दुई जना भने अझै फरार रहेको प्रहरीले जनाएको छ। उनीहरूको खोजी तीव्र पारिएको र घटनाबारे थप अनुसन्धान भइरहेको बाराका प्रहरी नायव उपरीक्षक जानकारी दिइएको छ।

ताजा समाचार

spot_img

थप समाचार