Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

भारतीय नागरिकता स्वीकार गरेका...

वीरगञ्ज, ३ फागुन — वीरगञ्जका व्यवसायी सज्जन पोदार अग्रवालले २०६३ सालअघि आफू भारतीय...

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...
spot_img

हेटौंडामा वडाध्यक्षमाथि चारजनाको समूहद्वारा कुटपिट

spot_img

हेटौंडा,०४ असार । हेटौंडा उपमहानगरपालिका-१ का अध्यक्ष तथा उपमहानगरका प्रवक्ता सविन न्यौपानेमाथि सांघातिक आक्रमण भएको छ । भूमि सम्बन्धि समस्या देखाउदै कालो पोशाक लगाएर मोटरसाइकलमा आएका चारजनाको समूहले उनमाथि कार्यकक्षमै आक्रण गरेका हुन् । उनीहरुले अध्यक्ष न्यौपानेमाथि कार्यालयमा रहेको सामग्रीबाट टाउकोमा प्रहार गरी मोबिल छ्यापि दिएका छन् ।

उपमहानगरपालिकाको कार्यपालिका बैठकले सार्वजनिक जमिन संरक्षण दायित्व स्थानीय तहको रहेको स्थानिय तह सञ्चालन ऐन २०७४, मुलुकी देवानी संहिंता २०७४ लगायत कानुनको पालना गर्दै आफ्नो काममा लागि रहदा अध्यक्ष न्यौपानेमाथि कार्यकक्षमै आक्रमण भएको हो । केही दिन अघिबाट हेटौंडा-१ स्वर्गलोक हेटौंडा अस्पताल पछाडि रहेको सार्वजनिक जमिनमा घर टहरा निर्माण गर्न खोज्नेलाई हटाउदै उपमहानगर र वडाले संरक्षणको कदम अघि बढाएको थियो।

आक्रमणबाट अध्यक्ष न्यौपाने घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको छ । घटनाका क्रममा अध्यक्ष न्यौपानेले प्रयोग गर्ने दुईवटै मोबाइल आक्रमणकारीले लगेको अध्यक्ष न्यौपाने बताए । घटनापछि हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ सहित वडा अध्यक्षहरु घटना स्थल पुगेका छन्।

घटनाको विषेश ढंगबाट अनुसन्धान गर्न नगर प्रमुख लामाले मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्याललाई आग्रह गरेका छन् । वडा अध्यक्ष न्यौपानेमाथि भएको सांघातिक आक्रमणको विषयलाई लिएर उपमहानगरपालिकाले आकस्मिक बैठक बोलाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय