Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

राष्ट्रिय परिचयपत्रमार्फत ३ लाख...

काठमाडौँ,०२ मंसिर  । राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख ८ हजार ५८५ जनाले नयाँ...

अपराधविरुद्ध निर्ममता अपनाउन प्रहरीमुख्य...

काठमाडौं,०२ मंसिर  । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हाल समाजमा देखा परेको सुरक्षा...

महोत्तरीमा धारिलो हतियार प्रहारबाट...

महोत्तरी,०२ मंसिर । महोत्तरीको जलेश्वर नगरपालिका–९ आगेपुरमा सोमबार साँझ धारिलो हतियार प्रहार गरी...

जेनजी प्रदर्शनका क्रममा तोडफोडमा...

काभ्रे,०२ मंसिर ।  जेनजी प्रदर्शनका क्रममा जिल्लाका विभिन्न संरचनामा आगजनी, तोडफोड र लुटपाटमा...
spot_imgspot_imgspot_img
12.1 C
Kathmandu
18.7 C
Birgunj
spot_img

पर्सा : १३ वर्षीया बालिका ३ लाख रुपैयाँमा बेचबिखन, ५० वर्षीय भारतीयसँग जबरजस्ती विवाह

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

पर्सा जिल्लाको पोखरिया नगरपालिका अन्तर्गत एक गाउँमा १३ वर्षीया नाबालिकालाई भारतीय रुपैयाँ ३ लाखमा बिक्री गरी जबरजस्ती विवाह गराइएको जघन्य घटना सार्वजनिक भएको छ। यो घटनाले नाबालिगमाथिको हिंसा, मानव बेचबिखन र बालविवाहको क्रूर अनुहार फेरि एक पटक उजागर गरेको छ।

स्थानीयका अनुसार, जेठ २४ गते भारतको बिहारस्थित सुगौली नजिकको सुधाव टोलका ५० वर्षीय पुरुषसँग ती बालिकाको विवाह गराइएको हो। ती भारतीय पुरुषको पहिलो पत्नीको हत्या गरेको विवरण खुलेको छ।

बालिकाका हजुरबुवाले इलाका प्रहरी कार्यालय पोखरिया र जिल्ला प्रहरी कार्यालय पर्सामा बालविवाह, मानव बेचबिखन र जबरजस्ती विवाहसम्बन्धी जाहेरी दर्ता गराएका छन्। तर पीडित बालिकाका बाबुआमाले गरिबीको कारण यस्तो निर्णय लिनुपरेको भन्दै अमानवीय कर्मको बचाउ गर्ने प्रयास गरिरहेका छन्।

जसले विवाह गराइएको भारतीय नागरिकका पोखरियामै केही नातेदार रहेका र तिनकै संलग्नतामा सम्पूर्ण योजना बनाइएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रले घटनाको पुष्टि गर्दै मातहत युनिटलाई अनुसन्धान र आवश्यक कारबाही अगाडि बढाउन निर्देशन दिइसकेको जानकारी दिएका छन्।

मानव अधिकारकर्मीहरूले बालिकामाथि भएको यो नृशंस अपराधप्रति कडा विरोध जनाउँदै दोषीलाई सार्वजनिकरूपमा कानुनी सजाय दिनुपर्ने माग राखेका छन्।

यो घटना नेपाल-भारत सीमा क्षेत्रमा अझै पनि बालविवाह, गरिबी, र तस्करीजस्ता अपराधहरू कति गहिरो छायामा छन् भन्ने कुराको जीबित प्रमाण हो।

ताजा समाचार

थप समाचार