Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...

पर्सा–२ मा चुनावी सरगर्मी:...

वीरगञ्ज, ३ फागुन — पर्सा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार तथा पूर्वमन्त्री...
spot_img

सांसद अमर थापाद्वारा संसदमा बजेट पुस्तिका च्यातेर विरोध

spot_img

वीरगन्ज,०५ असार । नेकपा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापाले सरकारको आगामी आर्थिक वर्षको बजेटप्रति कडा असन्तुष्टि जनाउँदै संसदमै बजेट पुस्तिका च्यातेका छन्।

बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले बजेट जनमुखी नभएको, मन्त्री र नेतामुखी बनेको आरोप लगाउँदै रोष व्यक्त गरे। “जनताबाट उठेको करबाट बनेको बजेट जनताकै हितमा खर्च हुनुपर्छ,” भन्दै थापाले संसदमा भने, “म यो किताब च्यात्ने अनुमति लिएर च्यात्छु।”

उनको यस्तो कडा प्रदर्शन विशेषगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटप्रति लक्षित थियो। उनले आरोप लगाए कि बजेट विकासभन्दा राजनीतिक भागबण्डालाई प्राथमिकता दिएर बनाइएको छ।
सरकारको बजेट प्रस्तुतीमाथि विभिन्न कोणबाट आलोचना भइरहेको सन्दर्भमा सांसद थापाको यस्तो प्रत्यक्ष विरोधलाई गम्भीर संकेतको रूपमा हेरिएको छ। संसदमा बजेटमाथिको बहस अझै जारी छ।

spot_img

ताजा अपडेट

लोकप्रिय