spot_img

भिजिट भिसा प्रकरण साझा राष्ट्रिय सरोकार : ज्ञानेन्द्र शाही

spot_img
spot_img

काठमाडौं,०५ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भिजिट भिसा प्रकरण कुनै एक दल वा व्यक्तिको मात्र नभई सम्पूर्ण राष्ट्रको साझा सरोकारको विषय भएको बताएका छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै शाहीले भिजिट भिसाका नाममा भइरहेको मानव बेचबिखनको गम्भीर घटनामा २०६४ यताका सबै गृहमन्त्रीहरूको भूमिका छानबिन हुनुपर्ने माग गरे।

“यो कुनै व्यक्ति र दलको मात्रै मुद्दा होइन। आज हजारौँ मान्छे बेचिएका छन्, अलपत्र परेका छन्। जनताले दिएको विश्वासलाई घात नगरौँ,” शाहीले भने। उनले झूट धेरै दिन नटिक्ने उल्लेख गर्दै सत्यको पक्षमा उभिन सबै दललाई आह्वान गरे। साथै, छानबिन समिति गठन नभएसम्म सदनको बैठकलाई निरन्तर दबाब दिने बताए। “छानबिन समिति गठन नभएसम्म हामी पेलेर चलाइएको सदनमा सहभागी हुँदैनौँ। आज पनि बैठक बहिष्कार गर्छौँ,” शाहीको चेतावनी थियो। शाहीको भनाइसँगै भिजिट भिसा प्रकरणमा राजनीतिक तहबाट गहिरो अनुसन्धानको माग थप तीव्र बनेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय