Date
शनि, माघ २४, २०८२
Sat, February 7, 2026
Date
शनि, माघ २४, २०८२
Sat, February 7, 2026

नेशनल मेडिकल कलेज र...

बीरगन्ज,२४ माघ । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल र मानवसेवा आश्रम, बीरगन्जबीच...

रकेटजस्तो वस्तु विस्फोट हुँदा...

राजविराज,२४ माघ । सप्तरीको रुपनी गाउँपालिका–६ दुधैला खोलामा शनिबार शंकास्पद वस्तु विस्फोट हुँदा...

चितवनमा अनुमति प्राप्त ११...

चितवन,२४ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै स्थानीय...

पोखरीया–३ मा कांग्रेस उम्मेदवार...

पोखरीया,२४ माघ । पर्साको पोखरीया नगरपालिका–३ अन्तर्गत फुल्वरीया र बसन्तपुर टोलमा नेपाली कांग्रेसका...
spot_img

धनगढीमाईका हजारौँ नागरिकले पाए शुद्ध पानीको सुविधा, मन्त्री यादवले गरे उद्घाटन

spot_img

सिरहा,०५ असार । सिरहाको धनगढीमाई नगरपालिकाका बासिन्दाको वर्षौँदेखिको सपना आज साकार भएको छ। डावरटोल–नैनपुरटोल खानेपानी आयोजना सम्पन्न भई बिहीबार एक विशेष समारोहका बीच संघीय खानेपानी, सरसफाइ तथा ढल निकास मन्त्री प्रदीप यादवले उद्घाटन गरे।

उद्घाटन समारोहमा मन्तव्य दिँदै मन्त्री यादवले वडा नं ११, १२ र १३ का हजारौँ नागरिक अब सुरक्षित, स्वच्छ र पर्याप्त मात्रामा खानेपानी पाउने व्यवस्था भएको बताए। उनले भने, “धनगढीमाईका नागरिकलाई आजबाट शुद्ध खानेपानीको अभावबाट मुक्ति दिलाइएको छ। यो सरकारको नागरिक प्रतिको प्रतिवद्धताको स्पष्ट उदाहरण हो।”

मन्त्री यादवले आयोजनाको सफलताका लागि स्थानीय सरकार, समुदाय, प्राविधिक तथा निर्माण कम्पनीबीचको सहकार्यलाई मुख्य कारक बताए। “हामीले देशका सबै नागरिकलाई सुरक्षित खानेपानी उपलब्ध गराउने लक्ष्य लिएका छौँ,” उनले भने, “धनगढीमाईको सफलता त्यो यात्राको एउटा महत्वपूर्ण पाइला हो।”

१० करोड ९४ लाख रुपैयाँको लागतमा निर्माण भएको आयोजनाले तीन वडाका झण्डै १ हजार ५०० घरधुरीलाई सेवा दिनेछ। संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, जनकपुरका प्रमुख इञ्जिनियर हरिप्रसाद शर्माका अनुसार यो आयोजनाबाट करिब ८ हजार ६ सय नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन्।

खानेपानी मन्त्रालयकी सचिव इञ्जिनियर प्रमिलादेवी शाक्य बज्राचार्यले मन्त्रालयले नागरिकको जीवनस्तर uplift गर्ने नीति अनुरूप काम गरिरहेको बताइन्। विभागका महानिर्देशक इञ्जिनियर रामुकुमार श्रेष्ठले मधेसका २८० वटा अधुरा खानेपानी योजनाहरू कार्यान्वयन गर्न नीतिगत सुधार प्रक्रिया अघि बढाइएको जानकारी दिए।

मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री सत्रुधनप्रसाद सिंह र धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतोले आयोजनाले स्थानीयहरूको पानीको समस्या दीर्घकालीन रूपमा समाधान गरेको भन्दै खुसी व्यक्त गरे। मेयर महतोले भने, “यो आयोजना हाम्रो नगरको समग्र विकासको ढोका हो। अब स्वास्थ्य, सरसफाइ र जीवनशैलीमा आमूल परिवर्तन आउनेछ।”

स्थानीय नागरिकहरूले समेत आयोजना सम्पन्न भई पानी घरमै आएकोमा राहत र खुसी व्यक्त गरेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय