Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

सर्लाहीमा १३३ जनाको उम्मेदवारी,...

सर्लाही । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाहीका चारै निर्वाचन...

बारा–३ मा हेवीवेट नेताहरूलाई...

वीरगञ्ज । बारा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि राजनीतिक प्रतिस्पर्धा...

बाराका ४ क्षेत्रमा ११२...

बारा, ६ माघ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा जिल्लाका...

नेपालको सार्वजनिक ऋण २८...

काठमाडौं । नेपालको कूल सार्वजनिक ऋण २८ खर्ब रुपैयाँ नाघेको छ। चालू आर्थिक...
spot_imgspot_imgspot_img
15.2 C
Kathmandu
18.5 C
Birgunj
spot_img

सांसद प्रभु साहको माग : “संसद्‌ अवरोध हटाउन सरकारलाई सभामुखले रुलिङ देओस्”

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०५ असार  ।  प्रतिनिधिसभा निरन्तर अवरोधमा परिरहेका बेला आम जनता पार्टी (आजपा)का सांसद प्रभु साहले संसद्को गतिरोध हटाउन सरकारलाई स्पष्ट निर्देशन दिन सभामुखलाई आग्रह गरेका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले संसद्‌ अवरुद्ध हुँदा पनि सरकारले गम्भीरता नदेखाएको भन्दै आलोचना गरे।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र संसदीय छानबिन समिति गठनको माग राख्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लगातार सदन अवरुद्ध गर्दै आएको छ। उता, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले त संसद्को बैठक नै बहिष्कार गरिरहेको छ।

यही सन्दर्भ उठाउँदै सांसद साहले भने, “बजेटमाथि छलफल चलिरहेको छ, तर संसद्‌मा अवरोध कायमै छ। सरकारलाई कुनै मतलब देखिँदैन। सभामुखले सरकारलाई गम्भीर हुन निर्देशन दिनुपर्छ।”

सांसद साहले संसद्को काम कारबाही अवरोध र बहिष्कारबीच अघि बढाइरहनु संसदीय मूल्य र अभ्यासविपरीत भएको बताए। संसद्‌को गरिमा जोगाउन सरकार स्वयं जिम्मेवार हुनुपर्नेमा उनले जोड दिए।

संसद्को अवरोधले नीति तथा कार्यक्रम र बजेटमाथिको छलफल प्रभावित भइरहेका बेला सांसद साहले सभामुख देवराज घिमिरेलाई स्पष्ट कदम चाल्न आग्रह गरेका छन्। “सभामुखबाट अब स्पष्ट रुलिङ आओस्,” उनले भने, “अवरोध खोल्ने जिम्मेवारी सरकारको हो, त्यसका लागि संसद्‌ नेतृत्व गम्भीर होस्।”

ताजा समाचार

थप समाचार