Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026
Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026

आईसीसी टी–२० विश्वकप :...

काठमाडाै,०३ फागुन । आईसीसी टी–२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल जारी...

पर्साका ७६ सय बालिकाले...

बीरगन्ज,०३ फागुन । पर्साका ७६ सय बालिकाले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि लक्षित...

एक करोड ९१ लाख...

काठमाडौं,०३ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका...

प्रतिनिधिसभा निर्वाचन प्रचारप्रसार फागुन...

बीरगन्ज,०३ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन ४ गतेदेखि १८...
spot_img

आलमलाई सफाइ दिने दुई न्यायाधीशमाथि न्याय परिषदको छानबिन

spot_img

वीरगन्ज,०५ असार । कांग्रेस नेता अफताब आलमलाई ‘इटाभट्टामा जिउँदै मान्छे जलाएको’ अभियोगबाट सफाइ दिने उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका दुई न्यायाधीशलाई न्याय परिषद्ले छानबिनका लागि तानेको छ।

न्यायाधीश खुसीराम थारु र अर्जुन महर्जन विरुद्ध उजुरी परेकाले परिषद्ले यो कदम चालेको हो। विशेषगरी, मृतक पिन्टु त्रिलोकका बुबाले नै उनीहरूविरुद्ध न्याय परिषद्मा उजुरी दिएका थिए। जिल्ला अदालतले आलमलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको भए पनि उच्च अदालतका न्यायाधीश थारु र महर्जनको इजलासले सफाइ दिएपछि यसको देशभर व्यापक चर्चा र आलोचना भएको थियो।

न्याय परिषद्को बिहीबार बसेको बैठकले एक सदस्यीय छानबिन समिति गठन गरी दुवै न्यायाधीशलाई उनीहरूको कार्यक्षेत्रबाट तानेको परिषद्का एक सदस्यले पुष्टि गरे। यसअघि नै परिषद्की वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले दुवै न्यायाधीशको सुरक्षालाई समेत ध्यानमा राखेर परिषद्मा तान्नुपर्ने प्रस्ताव राखेकी थिइन्। तर, त्यसबेला प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र कानुनमन्त्री अजय चौरसियाले सो प्रस्तावलाई स्वीकार गरेका थिएनन्। यसबीचमा न्यायाधीश खुसीराम थारुमाथि दुर्व्यवहारसमेत भएको खबर बाहिर आएको थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय