Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025
Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025

गुरु पूर्णिमामा प्याब्सन बीरगन्ज–पर्साले...

बीरगन्ज, २६ असार -गुरु पूर्णिमाको पावन अवसरमा निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन प्याब्सन...

बागमती प्रदेश सरकारले २६...

काठमाडौं,२६ असार । चालु आर्थिक वर्ष बागमती सरकारको २६ प्रतिशत बजेट फ्रिज भएको...

सम्झौताअनुसार भारतले पानी नछोडदा...

बीरगन्ज,२६ असार । नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार भारतले पर्याप्त पानी नदिँदा बारा र...

डा. अरविन्द शाहको नेतृत्वमा...

बीरगन्ज,२६ असार । पर्साको पोखरिया अस्पतालले चिकित्सा क्षेत्रमा एउटा महत्त्वपूर्ण सफलता हासिल गरेको...
spot_imgspot_imgspot_img
24.9 C
Kathmandu
36.2 C
Birgunj
spot_img
spot_imgspot_imgspot_img

आलमलाई सफाइ दिने दुई न्यायाधीशमाथि न्याय परिषदको छानबिन

spot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज,०५ असार । कांग्रेस नेता अफताब आलमलाई ‘इटाभट्टामा जिउँदै मान्छे जलाएको’ अभियोगबाट सफाइ दिने उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका दुई न्यायाधीशलाई न्याय परिषद्ले छानबिनका लागि तानेको छ।

- Advertisement -

न्यायाधीश खुसीराम थारु र अर्जुन महर्जन विरुद्ध उजुरी परेकाले परिषद्ले यो कदम चालेको हो। विशेषगरी, मृतक पिन्टु त्रिलोकका बुबाले नै उनीहरूविरुद्ध न्याय परिषद्मा उजुरी दिएका थिए। जिल्ला अदालतले आलमलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको भए पनि उच्च अदालतका न्यायाधीश थारु र महर्जनको इजलासले सफाइ दिएपछि यसको देशभर व्यापक चर्चा र आलोचना भएको थियो।

न्याय परिषद्को बिहीबार बसेको बैठकले एक सदस्यीय छानबिन समिति गठन गरी दुवै न्यायाधीशलाई उनीहरूको कार्यक्षेत्रबाट तानेको परिषद्का एक सदस्यले पुष्टि गरे। यसअघि नै परिषद्की वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले दुवै न्यायाधीशको सुरक्षालाई समेत ध्यानमा राखेर परिषद्मा तान्नुपर्ने प्रस्ताव राखेकी थिइन्। तर, त्यसबेला प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र कानुनमन्त्री अजय चौरसियाले सो प्रस्तावलाई स्वीकार गरेका थिएनन्। यसबीचमा न्यायाधीश खुसीराम थारुमाथि दुर्व्यवहारसमेत भएको खबर बाहिर आएको थियो।

ताजा समाचार

spot_img

थप समाचार