काठमाडौं,०५ असार । आज सेयर बजारमा सबै समूहगत सूचकहरू ओरालो लागेका छन्नेन् ।
नेप्से परिसूचक २४ दशमलव ७६ अंकले घटेर २६२८ मा कायम भएको हो । तर कारोबार रकम भने ९ अर्ब ८ करोडबाट बढेर ११ अर्ब २३ करोड पुगेको छ। ४७ कम्पनीको मूल्य बढ्दा २०१ कम्पनीको मूल्य घटेको छ। पन्चकन्या माइ हाइड्रोपावरको मूल्य १० प्रतिशतले वृद्धि भएको छ भने पियोर इनर्जी, रसुवागढी हाइड्रोपावर र भूगोल इनर्जीको मूल्य १० प्रतिशतले घटेको छ।
सबै प्रमुख समूहहरू जस्तै बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर र अन्य समूहहरूको सूचकमा गिरावट देखिएको छ। आज कारोबारमा ङादी ग्रुप, बुटवल पावर र सिंगटी हाइड्रो इनर्जी अग्रस्थानमा थिए।