spot_img

प्रेम सम्बन्धले लियो उग्र रूप,युवतीद्वारा युवकमाथि चक्कु प्रहार

spot_img
spot_img

जनकपुर,०६ असार । सिरहाको गोलबजारमा एक युवतीले युवकमाथि चक्कु प्रहार गरेकी छन्। बिहीबार अपराह्न गोलबजार नगरपालिका–४ मा भएको यो घटना अहिले प्रहरी अनुसन्धानको दायरामा छ।

२४ वर्षीय अशोककुमार महतोमाथि १७ वर्षीया अनिशा मण्डलले चक्कु प्रहार गरेकी हुन्। अशोक गोलबजार–१३ का स्थायी बासिन्दा हुन् र हाल घटनास्थलमा एक कोठा भाडामा लिएर बस्दै आएका थिए।

प्रहरी र स्थानीय स्रोतका अनुसार अनिशा केही समयको लागि अशोकको कोठामा पुगेकी थिइन्। कोठामा केहीबेर बसेपछि उनले अशोकको घाँटीसहित शरीरका विभिन्न भागमा धारिलो हतियारले आक्रमण गरेकी थिइन्।
घाइते अशोकलाई तत्कालै गोलबजारस्थित एक निजी अस्पतालमा भर्ना गरिएको छ।

घटनापछि घरभित्र हल्ला भएपछि छिमेकीहरू भित्र पसेका थिए। त्यसैबेला युवती अनिशा घरको भर्‍याङ हुँदै छतमाथिबाट हाम फालेकी थिइन्। उनलाई पनि शारीरिक चोट लागेको छ र हाल प्रादेशिक अस्पताल, सिरहामा उपचार भइरहेको छ।

स्थानीयहरूले दुवै जनाबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको बताएका छन्। भेटघाट भइरहने गरेको र पछिल्ला केही दिनमा उनीहरूबीच मनमुटाव देखिएको आशंका गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानका अनुसार घटनाको सम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय