Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026
Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

महतो नेतृत्वको सदभावना र...

बिरगंज , २९ पुस । आम जनता पार्टी (आजपा)ले मंगलबार एकैदिन दुई पार्टीसंग...

कांग्रेस विशेष महाधिवेशन :...

वीरगञ्ज २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पक्षधरहरूले निर्वाचन प्रक्रिया धमाधम अघि...

नेपाली कांग्रेसको विशेष महाधिवेशन...

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि निर्वाचन समितिले निर्वाचन तालिका...

गच्छदारले भने कांग्रेस संकटमा,...

वीरगञ्ज , २९ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारले पार्टी गम्भीर...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
13.6 C
Birgunj
spot_img

नारायणघाट–बुटवल सडकमा बाढीले बस बगायो, सबै यात्रु सकुशल उद्धार

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

चितवन,०६ असार । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डमा बाढीले एक यात्रुवाहक बस बगाएको छ। तर, समयमै उद्धार गरिएकाले ३८ जना यात्रु सुरक्षित रहेका छन्।

काठमाडौंबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१ख ४०८५ नम्बरको बस विनयी त्रिवेणी गाउँपालिका–१ स्थित विनयी खोलामा आएको बाढीले बगाएको हो। घटना गएराति डाइभर्सन पार गर्ने क्रममा भएको हो।

इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रमुख प्रहरी निरीक्षक राजन तिमिल्सेनाका अनुसार बाढी एक्कासी आएपछि बस बगाएको थियो।“नयाँ डाइभर्सन पार गर्दै गर्दा बाढीले बस बगायो,” उनले बताए, “तत्काल एक्साभेटरको सहायतामा सबै यात्रुको सकुशल उद्धार गर्न सफल भयौं।”

बसमा ३ जना शिशुसहित ३८ यात्रु सवार थिए। कुनै पनि यात्रु घाइते नभएको प्रहरीले जानकारी दिएको छ।

विनयी खोलामा पानीको बहाव अझै बढिरहेकोले बस खोलाबाट निकाल्न नसकिएको प्रहरीले जनाएको छ।
यात्रुहरूको व्यक्तिगत सामानबारे यकिन विवरण भने अझै आउन बाँकी छ।

रातभर परेको लगातार पानीका कारण नारायणघाट–बुटवल सडक पूर्णरूपमा अवरुद्ध भएको छ। दाउन्ने क्षेत्रमा सडक हिलोमय बनेपछि कुनै पनि सवारीसाधन चल्न सकेका छैनन्।

ताजा समाचार

थप समाचार