Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025
Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025

गुरु पूर्णिमामा प्याब्सन बीरगन्ज–पर्साले...

बीरगन्ज, २६ असार -गुरु पूर्णिमाको पावन अवसरमा निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन प्याब्सन...

बागमती प्रदेश सरकारले २६...

काठमाडौं,२६ असार । चालु आर्थिक वर्ष बागमती सरकारको २६ प्रतिशत बजेट फ्रिज भएको...

सम्झौताअनुसार भारतले पानी नछोडदा...

बीरगन्ज,२६ असार । नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार भारतले पर्याप्त पानी नदिँदा बारा र...

डा. अरविन्द शाहको नेतृत्वमा...

बीरगन्ज,२६ असार । पर्साको पोखरिया अस्पतालले चिकित्सा क्षेत्रमा एउटा महत्त्वपूर्ण सफलता हासिल गरेको...
spot_imgspot_imgspot_img
24.9 C
Kathmandu
36.2 C
Birgunj
spot_img
spot_imgspot_imgspot_img

नारायणघाट–बुटवल सडकमा बाढीले बस बगायो, सबै यात्रु सकुशल उद्धार

spot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

चितवन,०६ असार । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डमा बाढीले एक यात्रुवाहक बस बगाएको छ। तर, समयमै उद्धार गरिएकाले ३८ जना यात्रु सुरक्षित रहेका छन्।

- Advertisement -

काठमाडौंबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१ख ४०८५ नम्बरको बस विनयी त्रिवेणी गाउँपालिका–१ स्थित विनयी खोलामा आएको बाढीले बगाएको हो। घटना गएराति डाइभर्सन पार गर्ने क्रममा भएको हो।

इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रमुख प्रहरी निरीक्षक राजन तिमिल्सेनाका अनुसार बाढी एक्कासी आएपछि बस बगाएको थियो।“नयाँ डाइभर्सन पार गर्दै गर्दा बाढीले बस बगायो,” उनले बताए, “तत्काल एक्साभेटरको सहायतामा सबै यात्रुको सकुशल उद्धार गर्न सफल भयौं।”

- Advertisement -

बसमा ३ जना शिशुसहित ३८ यात्रु सवार थिए। कुनै पनि यात्रु घाइते नभएको प्रहरीले जानकारी दिएको छ।

विनयी खोलामा पानीको बहाव अझै बढिरहेकोले बस खोलाबाट निकाल्न नसकिएको प्रहरीले जनाएको छ।
यात्रुहरूको व्यक्तिगत सामानबारे यकिन विवरण भने अझै आउन बाँकी छ।

रातभर परेको लगातार पानीका कारण नारायणघाट–बुटवल सडक पूर्णरूपमा अवरुद्ध भएको छ। दाउन्ने क्षेत्रमा सडक हिलोमय बनेपछि कुनै पनि सवारीसाधन चल्न सकेका छैनन्।

ताजा समाचार

spot_img

थप समाचार