Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

अगुवा कार्यकर्तासँगको अन्तरक्रियाले प्रदीप...

पर्सा — नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव...

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...
spot_imgspot_imgspot_img
5.1 C
Kathmandu
10.6 C
Birgunj
spot_img

बीरगन्ज–पथलैया औद्योगिक करिडोरमा विद्युत् कटौतीको मार, उद्योगहरू प्रभावित

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०६ असार । बीरगन्जका उद्योगीरव्यवसायीले अघोषित विद्युत् भार कटौती र विद्युत् कटौतीको समस्याले बीरगन्ज –पथलैया औद्योगिक करिडोरका उद्योगधन्दा समस्यामा परेको गुनासो गरेका छन् । बीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले औद्योगिक करिडोरमा दैनिक औसतमा आठ घण्टाभन्दा धेरै विद्युत् कटौती हुँदै आएको आरोप लगाए।

“बारा पर्सा औद्योगिक करिडोरमा विद्युत् आपूर्तिमा समस्या छ । औसत दिनको आठ घण्टा अघोषित विद्युत् भार कटौतीको सामना गर्दै आएका छौँ”, उनले भने, “यहाँ दिनको १०–१२ पटक ट्रिपिङ हुन्छ । जसले गर्दा यस क्षेत्रका उद्योगले आफ्नो क्षमताको ३०र३५ प्रतिशत उत्पादन मात्र गर्न सकेका छन् ।”

अध्यक्ष गौतमले २०७५ सालमा औद्योगिक क्षेत्रको विद्युत् भार कटौतीमुक्तको घोषणा गरी नेपालभरि हर्षोल्लास मनाइएको छ–सात वर्ष नबित्दै पुनःपूर्ववत् अवस्था झैँ विद्युत् भार कटौती हुन थालेपछि उद्योगीरव्यवसायीलगायत सर्वसाधारणमाझ चिन्ता बढेको प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन्।

“यस क्षेत्रमा सिमेन्ट, फलाम र स्टिल, पशु दाना, खाद्यान्न, औषधि, चुरोट आदिसहित करिब एक हजार २०० उद्योग छन् । उद्योगका लागि विद्युत् कच्चा पदार्थ हो । विद्युत् नभई उद्योग सञ्चालन हुन सक्दैन । यस क्षेत्रमा सहज विद्युत् आपूर्ति नभएकाले त्यसको असर मुलुकको अर्थतन्त्रमा नै नकारात्मक रूपमा परिरहेको छ”, अध्यक्ष गौतमले भने । सङ्घले विद्युत् आपूर्तिमा भएको हेलचेक्र्याइँका कारण उद्योग प्रतिष्ठानको करोडौँ रकमको औद्योगिक उपकरण खराब भइरहेको दाबी गरेको छ ।

नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेश दुबेले माग र आपूर्तिबिच सन्तुलन नहुँदा केही समय कटौती भए पनि उद्योगीरव्यवसायीले भनेजस्तो आठ घण्टा नै विद्युत् भार कटौती नभएको दाबी गरे । “अत्यधिक गर्मीले माग र आपूर्तिबिच तालमेलमा केही समस्या छ”, उनले भने, “सो समस्या समाधानका लागि आवश्यक प्रयास गरिरहेका छौँ ।” यो करिडोरमा दैनिक औसतमा ३०० मेगावाट विद्युत् आवश्यक पर्ने बताइन्छ ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आजदेखि आफ्नो कार्यालयमा महिला उद्यमशीलता सहायता कक्षको शुभारम्भ गरेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीले महिला सशक्तीकरण र आत्मनिर्भरता अभिवृद्धिका लागि उद्यमशीलता कक्षले मद्दत पुर्‍याउने बताए ।

सङ्घका अध्यक्ष गौतमले सङ्घले आगामी दिनमा महिला उद्यमीलाई आवश्यक सहयोग र सहजीकरण गर्दै उद्यमशीलता विकासमा जोड दिने धारणा व्यक्त गरे।

बीरगन्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले सहायता कक्ष सञ्चालनका लागि महानगर आवश्यक स्थान उपलब्ध गराउने भन्दै नगरपालिकाले यस्ता कार्यक्रमप्रति सधैँ सकारात्मक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सङ्घले स्थापना गरेको महिला उद्यमशीलता सहायता कक्षमार्फत महिलालाई व्यावसायिक सल्लाह, तालिम, जानकारी तथा प्रोत्साहन प्रदान गरिने महिला उद्यमशीलता सहायता कक्षका सहजकर्ता सञ्जु कलवारले जानकारी दिए ।

ताजा समाचार

थप समाचार