Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025
Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025

गुरु पूर्णिमामा प्याब्सन बीरगन्ज–पर्साले...

बीरगन्ज, २६ असार -गुरु पूर्णिमाको पावन अवसरमा निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन प्याब्सन...

बागमती प्रदेश सरकारले २६...

काठमाडौं,२६ असार । चालु आर्थिक वर्ष बागमती सरकारको २६ प्रतिशत बजेट फ्रिज भएको...

सम्झौताअनुसार भारतले पानी नछोडदा...

बीरगन्ज,२६ असार । नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार भारतले पर्याप्त पानी नदिँदा बारा र...

डा. अरविन्द शाहको नेतृत्वमा...

बीरगन्ज,२६ असार । पर्साको पोखरिया अस्पतालले चिकित्सा क्षेत्रमा एउटा महत्त्वपूर्ण सफलता हासिल गरेको...
spot_imgspot_imgspot_img
23.5 C
Kathmandu
31.7 C
Birgunj
spot_img
spot_imgspot_imgspot_img

प्रतिनिधिसभामा रास्वपा–राप्रपाको अवरोध, प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित

spot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,०६ असार । संसदको आजको बैठकमा प्रमुख प्रतिपक्षी दलहरूको अवरोधका कारण प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित गरिएको छ।

- Advertisement -

आजको कार्यसूचीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूले प्रत्यक्ष प्रश्न राख्ने कार्यक्रम तय गरिएको थियो। तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को लगातारको विरोध र नाराबाजीका कारण कार्यक्रम हटाइएको हो।

सभामुख देवराज घिमिरेले बैठकमा जानकारी दिँदै, “विशेष कारणवश आजको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित गरिएको छ,” भनेका छन्।

- Advertisement -

रास्वपाले गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गर्दै चैत १३ गतेदेखि सदनमा अवरोध गर्दै आएको छ। सोही आन्दोलनको निरन्तरताका रूपमा आज पनि सांसदहरू कालो पोशाकमा नाराबाजीका साथ वेल घेरेका थिए।

सभामुख घिमिरेले रास्वपालाई पटक–पटक आग्रह गर्दै प्रधानमन्त्री बोलिरहँदा वेलमा होहल्ला नगर्न र विरोधको शैली परिमार्जन गर्न अनुरोध गरेका थिए। शुक्रबार बिहान रास्वपा प्रमुख सचेतक सन्तोष परियारलाई कार्यकक्षमा बोलाएर पनि सभामुखले आग्रह गरेका थिए। तर रास्वपाले सो आग्रह अस्वीकार गर्दै विरोध जारी राख्ने बताएको हो।

सत्तापक्षका मुख्य सचेतक महेश बर्तौला र कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले समेत विपक्षी दललाई सदनको मर्यादा कायम राख्दै संवादको वातावरण बनाउन आग्रह गरेका थिए।

तर, विपक्षी दलको कठोर अडानले गर्दा संसदमा संवादभन्दा पनि द्वन्द्वको अवस्था सिर्जना भइरहेको छ।

ताजा समाचार

spot_img

थप समाचार