Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025
Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025

गुरु पूर्णिमामा प्याब्सन बीरगन्ज–पर्साले...

बीरगन्ज, २६ असार -गुरु पूर्णिमाको पावन अवसरमा निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन प्याब्सन...

बागमती प्रदेश सरकारले २६...

काठमाडौं,२६ असार । चालु आर्थिक वर्ष बागमती सरकारको २६ प्रतिशत बजेट फ्रिज भएको...

सम्झौताअनुसार भारतले पानी नछोडदा...

बीरगन्ज,२६ असार । नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार भारतले पर्याप्त पानी नदिँदा बारा र...

डा. अरविन्द शाहको नेतृत्वमा...

बीरगन्ज,२६ असार । पर्साको पोखरिया अस्पतालले चिकित्सा क्षेत्रमा एउटा महत्त्वपूर्ण सफलता हासिल गरेको...
spot_imgspot_imgspot_img
24.9 C
Kathmandu
36.2 C
Birgunj
spot_img
spot_imgspot_imgspot_img

श्रमिकको अधिकार र सुरक्षा सरकारकाे पहिलाे प्राथमिकता : श्रममन्त्री भण्डारी

spot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैं,०६ असार । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले नेपाली श्रमिकहरूको सुरक्षा, सम्मान र अधिकारलाई सरकारको सर्वोच्च प्राथमिकता रहेको स्पष्ट पारेका छन्।

- Advertisement -

काठमाडौंमा आयोजित ‘श्रम प्रवासन, लैङ्गिक समानता र जलवायु परिवर्तनको सन्दर्भमा व्यापार तथा मानवअधिकारसम्बन्धी बहुपक्षीय नीति संवाद’ कार्यक्रममा सम्बोधन गर्दै मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको हितका लागि सरकारले ठोस कदम चालिरहेको बताए।

११३औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी फर्किएका मन्त्री भण्डारीले सम्मेलनका क्रममा अन्तर्राष्ट्रिय निकायहरूसँग भएका छलफल सकारात्मक रहेको जानकारी दिए। उनले व्यापार, आप्रवासन र मानवअधिकारबीचको सम्बन्धमा जोड दिँदै, श्रमिकको मानवअधिकार सुनिश्चित गर्न नेपाल सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।

- Advertisement -

हाल विभिन्न मुलुकमा अवैध रूपमा रहेका नेपाली श्रमिकहरूलाई वैध बनाउने पहल तीव्र पारिएको मन्त्री भण्डारीको भनाइ थियो। यसमा विशेषतः महिला श्रमिकको सुरक्षालाई केन्द्रमा राखिएको छ।

द्वन्द्वग्रस्त क्षेत्रहरूमा रहेका नेपालीको सुरक्षालाई लिएर सरकार संवेदनशील रहेको उल्लेख गर्दै उनले आपत्कालीन उद्धारका लागि तयारी अवस्थामा रहेको बताए।

कार्यक्रममा उनले जलवायु परिवर्तनले श्रम आप्रवासनमा पारिरहेको असरबारे गम्भीर बहस आवश्यक रहेको धारणा राखे। “श्रमिकको मर्यादा सुनिश्चित गर्ने विषयमा सरकार कुनै सम्झौता गर्दैन,” भण्डारीले स्पष्ट पारे।

ताजा समाचार

spot_img

थप समाचार