Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025
Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025

गुरु पूर्णिमामा प्याब्सन बीरगन्ज–पर्साले...

बीरगन्ज, २६ असार -गुरु पूर्णिमाको पावन अवसरमा निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन प्याब्सन...

बागमती प्रदेश सरकारले २६...

काठमाडौं,२६ असार । चालु आर्थिक वर्ष बागमती सरकारको २६ प्रतिशत बजेट फ्रिज भएको...

सम्झौताअनुसार भारतले पानी नछोडदा...

बीरगन्ज,२६ असार । नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार भारतले पर्याप्त पानी नदिँदा बारा र...

डा. अरविन्द शाहको नेतृत्वमा...

बीरगन्ज,२६ असार । पर्साको पोखरिया अस्पतालले चिकित्सा क्षेत्रमा एउटा महत्त्वपूर्ण सफलता हासिल गरेको...
spot_imgspot_imgspot_img
24.9 C
Kathmandu
36.2 C
Birgunj
spot_img
spot_imgspot_imgspot_img

बिलभन्दा बढी सामानसहितको ट्रक नियन्त्रणमा

spot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

रौतहट,०६ असार । रौतहटको चन्द्रपुर–४ स्थित पूर्व–पश्चिम राजमार्गमा शुक्रबार प्रहरीले बिलबिजकभन्दा बढी सामान बोकेको ट्रक नियन्त्रणमा लिएको छ। बरामद सामानको अनुमानित मूल्य झण्डै ४५ लाख ५६ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

- Advertisement -

वीरगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको ना ७ ख ७६७६ नम्बरको मिनी ट्रकलाई ट्राफिक कार्यालय चन्द्रपुर नजिकै संयुक्त प्रहरी टोलीले रोकेर चेकजाँच गर्दा बिलमा उल्लेखित मात्राभन्दा बढी किराना र कपडाका सामग्री फेला परेपछि ट्रक र चालकलाई नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको संयुक्त टोलीद्वारा गरिएको कारबाहीबारे जानकारी दिँदै रौतहटका प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीले भने, “ट्रकमा के–कति प्रकारका सामान छन् भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुमान अनुसार सामानको मूल्य करिब ४५ लाख ५६ हजार रुपैयाँ बराबर छ।”

- Advertisement -

पक्राउ परेका ट्रक चालक सर्लाहीको हरिवन नगरपालिका–९ निवासी ३० वर्षीय जय दास रहेका छन्। नियन्त्रणमा लिइएको ट्रक, सामान र चालकलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय, पथलैया बारामा बुझाइएको एसपी गिरीले जानकारी दिए।

ताजा समाचार

spot_img

थप समाचार