Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

अगुवा कार्यकर्तासँगको अन्तरक्रियाले प्रदीप...

पर्सा — नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव...

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...
spot_imgspot_imgspot_img
5.1 C
Kathmandu
12.1 C
Birgunj
spot_img

बीपी राजमार्गमा १५ दिन राति सवारी आवागमनमा रोक

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

 काठमाडाैं,०६ असार । बर्खा मौसममा सम्भावित बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा रातिको समयमा सवारी साधन चलाउन १५ दिनका लागि रोक लगाइएको छ।

शुक्रबार काभ्रे, सिन्धुली र रामेछाप जिल्लाका सुरक्षा निकायबीच सम्पन्न अन्तरजिल्ला समन्वय समितिको बैठकले असार ६ गतेदेखि लागू हुने गरी साँझ ६:३० बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन निषेध गर्ने निर्णय गरेको हो।

विशेष गरी काभ्रेको काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोटसम्मको खण्डलाई अति जोखिमयुक्त क्षेत्रका रूपमा चिनिँदै आएको छ। थोरै पानी परे पनि पहिरो खस्ने र सडक अबरुद्ध हुने घटनाहरू पटक–पटक दोहोरिँदै आएकाले यो निर्णय गरिएको हो।

सुरक्षा निकायका प्रमुखहरूका अनुसार, यात्रुहरूको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै अन्तरजिल्ला सहकार्यमा यस्तो निर्णय लिइएको हो। “रातिको समयमा हुने दुर्घटना, पहिरो र आवागमन अवरुद्धजस्ता घटनाबाट यात्रुहरूलाई जोगाउन यो रोक आवश्यक छ,” उनीहरूले बताएका छन्।

प्रशासनले यात्रुहरूलाई रातिको समयमा बीपी राजमार्ग प्रयोग नगर्न अनुरोध गरेको छ।

ताजा समाचार

थप समाचार