Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025
Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025

गुरु पूर्णिमामा प्याब्सन बीरगन्ज–पर्साले...

बीरगन्ज, २६ असार -गुरु पूर्णिमाको पावन अवसरमा निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन प्याब्सन...

बागमती प्रदेश सरकारले २६...

काठमाडौं,२६ असार । चालु आर्थिक वर्ष बागमती सरकारको २६ प्रतिशत बजेट फ्रिज भएको...

सम्झौताअनुसार भारतले पानी नछोडदा...

बीरगन्ज,२६ असार । नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार भारतले पर्याप्त पानी नदिँदा बारा र...

डा. अरविन्द शाहको नेतृत्वमा...

बीरगन्ज,२६ असार । पर्साको पोखरिया अस्पतालले चिकित्सा क्षेत्रमा एउटा महत्त्वपूर्ण सफलता हासिल गरेको...
spot_imgspot_imgspot_img
23.5 C
Kathmandu
31.7 C
Birgunj
spot_img
spot_imgspot_imgspot_img

बीपी राजमार्गमा १५ दिन राति सवारी आवागमनमा रोक

spot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

 काठमाडाैं,०६ असार । बर्खा मौसममा सम्भावित बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा रातिको समयमा सवारी साधन चलाउन १५ दिनका लागि रोक लगाइएको छ।

- Advertisement -

शुक्रबार काभ्रे, सिन्धुली र रामेछाप जिल्लाका सुरक्षा निकायबीच सम्पन्न अन्तरजिल्ला समन्वय समितिको बैठकले असार ६ गतेदेखि लागू हुने गरी साँझ ६:३० बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन निषेध गर्ने निर्णय गरेको हो।

विशेष गरी काभ्रेको काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोटसम्मको खण्डलाई अति जोखिमयुक्त क्षेत्रका रूपमा चिनिँदै आएको छ। थोरै पानी परे पनि पहिरो खस्ने र सडक अबरुद्ध हुने घटनाहरू पटक–पटक दोहोरिँदै आएकाले यो निर्णय गरिएको हो।

- Advertisement -

सुरक्षा निकायका प्रमुखहरूका अनुसार, यात्रुहरूको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै अन्तरजिल्ला सहकार्यमा यस्तो निर्णय लिइएको हो। “रातिको समयमा हुने दुर्घटना, पहिरो र आवागमन अवरुद्धजस्ता घटनाबाट यात्रुहरूलाई जोगाउन यो रोक आवश्यक छ,” उनीहरूले बताएका छन्।

प्रशासनले यात्रुहरूलाई रातिको समयमा बीपी राजमार्ग प्रयोग नगर्न अनुरोध गरेको छ।

ताजा समाचार

spot_img

थप समाचार