Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025
Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025

गुरु पूर्णिमामा प्याब्सन बीरगन्ज–पर्साले...

बीरगन्ज, २६ असार -गुरु पूर्णिमाको पावन अवसरमा निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन प्याब्सन...

बागमती प्रदेश सरकारले २६...

काठमाडौं,२६ असार । चालु आर्थिक वर्ष बागमती सरकारको २६ प्रतिशत बजेट फ्रिज भएको...

सम्झौताअनुसार भारतले पानी नछोडदा...

बीरगन्ज,२६ असार । नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार भारतले पर्याप्त पानी नदिँदा बारा र...

डा. अरविन्द शाहको नेतृत्वमा...

बीरगन्ज,२६ असार । पर्साको पोखरिया अस्पतालले चिकित्सा क्षेत्रमा एउटा महत्त्वपूर्ण सफलता हासिल गरेको...
spot_imgspot_imgspot_img
23.5 C
Kathmandu
31.7 C
Birgunj
spot_img
spot_imgspot_imgspot_img

रुपन्देही र मनाङमा कात्तिकमा उपनिर्वाचनको प्रस्ताव

spot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज,०६ असार । निर्वाचन आयोगले आगामी कात्तिकको दोस्रो साता रुपन्देही क्षेत्र नं ३ (प्रतिनिधिसभा) र मनाङ क्षेत्र नं १ (२) (गण्डकी प्रदेशसभा) मा उपनिर्वाचन गर्ने प्रस्ताव गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग शुक्रबार भएको भेटमा आयोगले यी दुई स्थानसहित राष्ट्रियसभाका १८ रिक्त पद र स्थानीय तहका १३ वटा वडाध्यक्षका लागि पनि चुनावको तयारीबारे परामर्श गरेको हो।

- Advertisement -

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका आयुक्तहरूले प्रधानमन्त्री ओलीलाई आगामी फागुन २० गते रिक्त हुने राष्ट्रियसभाका १८ स्थानका लागि निर्वाचन तय गर्ने विषयमा समेत छलफल गरेका थिए।

आयोगका अनुसार, नेपाल सरकारसँगको परामर्शमा आगामी असार १६ गतेभित्र रुपन्देही र मनाङको उपनिर्वाचनको मिति तोक्ने तयारी भइरहेको छ। यसैगरी, विभिन्न स्थानीय तहमा १३ वटा वडाध्यक्ष पद रिक्त रहेको जानकारी पनि आयोगले प्रधानमन्त्रीलाई गराएको छ।

- Advertisement -

प्रधानमन्त्री ओलीले निर्वाचनका लागि आयोगले गरिरहेको तयारीमा सरकारका तर्फबाट आवश्यक सहजीकरणका लागि पूर्ण सहयोग हुने विश्वास दिलाए। उनले आगामी आवधिक निर्वाचनका लागि पनि अहिलेदेखि नै तयारी गर्न आयोगलाई सुझाव दिएका थिए। भेटमा आयुक्त डा. जानकीकुमारी तुलाधार र सगुनशमशेर जबरा तथा प्रधानमन्त्री कार्यालयका उच्चाधिकारीहरू उपस्थित थिए।

ताजा समाचार

spot_img

थप समाचार