Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026
Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

महतो नेतृत्वको सदभावना र...

बिरगंज , २९ पुस । आम जनता पार्टी (आजपा)ले मंगलबार एकैदिन दुई पार्टीसंग...

कांग्रेस विशेष महाधिवेशन :...

वीरगञ्ज २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पक्षधरहरूले निर्वाचन प्रक्रिया धमाधम अघि...

नेपाली कांग्रेसको विशेष महाधिवेशन...

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि निर्वाचन समितिले निर्वाचन तालिका...

गच्छदारले भने कांग्रेस संकटमा,...

वीरगञ्ज , २९ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारले पार्टी गम्भीर...
spot_imgspot_imgspot_img
13.1 C
Kathmandu
16.4 C
Birgunj
spot_img

बीरगन्जमा होटल व्यवसायीलाई खाद्य सुरक्षा र सरसफाइसम्बन्धी अभिमुखीकरण

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०६ असार । बीरगन्ज  महानगरपालिकाले महानगरभित्र सञ्चालित होटल तथा रेस्टुरेन्ट व्यवसायीलाई लक्षित गर्दै खाद्य सुरक्षा र सरसफाइसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ। उपभोक्तालाई सुरक्षित, स्वच्छ र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

शुक्रबार होटल मकालुमा आयोजित उक्त कार्यक्रममा महानगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुमन चन्द्र ठाकुरले सरसफाइ, खाद्य भण्डारण, तयारी तथा सेवा प्रक्रियामा अपनाउनुपर्ने मापदण्डबारे विस्तृत जानकारी दिए। उनले व्यवसायीलाई कानुनी जिम्मेवारीसहित व्यवहारिक उपायहरू पनि प्रस्तुत गरे।

कार्यक्रमका प्रमुख अतिथि तथा वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्णले महानगर निरीक्षणको भूमिका पनि निर्वाह गर्ने भएकाले व्यवसायीहरूले पूर्वतयारी गर्नुपर्ने बताए। “अनुगमनको बेला समस्या नआओस् भनेर अहिले जानकारी दिइएको हो,” उनले भने, “अब निरीक्षणका बेला सबै होटल र रेस्टुरेन्टहरू पूर्ण रूपमा तयारी अवस्थामा हुनुपर्छ।”

होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले कार्यक्रम व्यवसायीहरूका लागि उपयोगी भएको बताए। “हामीले व्यावसायिक जिम्मेवारीबारे थप कुरा सिक्ने मौका पायौं,” उनले भने, “अनुगमनमा व्यवहारिक पक्ष पनि ध्यान दिनुपर्ने हुन्छ।”

कार्यक्रम सञ्चालन होटल एशोसिएसन अफ नेपाल (हान) मधेस प्रदेशका वरिष्ठ उपाध्यक्ष मोहन प्रधानले गरेका थिए।

ताजा समाचार

थप समाचार