Date
शनि, माघ २४, २०८२
Sat, February 7, 2026
Date
शनि, माघ २४, २०८२
Sat, February 7, 2026

क्यान्सर उपचारमा सरकार प्रतिबद्ध,...

काठमाडौं,२४ माघ । स्वास्थ्यमन्त्री डा सुधा शर्मा गौतमले क्यान्सर रोगको उपचारमा सरकारले कुनै...

सर्वोच्च अदालतको आदेश कार्यान्वयनको...

काठमाडौँ,२४ माघ । ब्रिटिस गोर्खा भूतपूर्व सैनिक सङ्गठन (विगेसो)ले सर्वोच्च अदालतको निर्देशनात्मक आदेश...

आचारसंहिता उल्लङ्घन आरोपमा सुर्खेतमा...

‎‎सुर्खेत,२४ माघ । सुर्खेत प्रहरीले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै ‘द डेन्जरस स्कुल’...

नेशनल मेडिकल कलेज र...

बीरगन्ज,२४ माघ । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल र मानवसेवा आश्रम, बीरगन्जबीच...
spot_img

तुलसी पौडेललाई ‘स्व. अर्चना गुप्ता महिला सशक्तिकरण पुरस्कार’ प्रदान

शिक्षा र अधिकारका सवालमा पर्सामा अझै चुनौती कायमै

spot_img

वीरगंज, असार ६ – पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले वीरगंजमा आयोजित एक कार्यक्रमका क्रममा जिल्लामा अझै करिब ८ प्रतिशत बालबालिका विद्यालय बाहिर रहेको तथ्यांक सार्वजनिक गर्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।

गैरसरकारी संस्था महासंघ नेपाल, पर्साले आयोजना गरेको “स्व. अर्चना गुप्ता महिला सशक्तिकरण स्मृति पुरस्कार” वितरण कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै प्रजिअ अर्यालले पर्सा जिल्ला मधेश प्रदेशमै तुलनात्मक रूपमा विकसित भए पनि महिला र बालबालिकाको अधिकार सुनिश्चित गर्न अझै ठोस र साझा प्रयास आवश्यक रहेको बताए।

उनले भने, “आज पनि शिक्षा पहुँचबाहिर रहेका ती बालबालिकाहरू हाम्रो ध्यानको केन्द्र हुनुपर्छ। यसमा गैरसरकारी संस्थाहरू, स्थानीय तह, र नागरिक समाज सबैको सहकार्य अपरिहार्य छ।”

प्रजिअ अर्यालले जिल्ला प्रशासन तथा प्रहरी कार्यालयमा महिला सम्बन्धी उजुरीहरू दैनिक २–४ सम्म आउने गरेको उल्लेख गर्दै कानुनी प्रक्रिया नअपनाउनेहरूमाथि कडा कारबाही आवश्यक रहेको बताए। “न्याय नपाएका महिलाहरूका लागि हामी कठोर निर्णय लिन तयार छौं,” उनले स्पष्ट पार्‍यो।

तुलसी पौडेललाई ‘महिला सशक्तिकरण पुरस्कार’

सो अवसरमा सखुवाप्रसौनी–१ की सामाजिक अभियन्ता तुलसी पौडेल अधिकारीलाई स्व. अर्चना गुप्ता महिला सशक्तिकरण स्मृति पुरस्कारबाट सम्मानित गरिएको छ। उनी विगत २० वर्षदेखि महिला तथा बालबालिका अधिकारका क्षेत्रमा क्रियाशील छिन्। पुरस्कारस्वरूप उनलाई नगद ११ हजार रुपैयाँ र दोसल्ला प्रदान गरिएको थियो।

नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी प्रमुख एसपी गौतम मिश्र, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, पत्रकार महासंघ पर्सा अध्यक्ष ओमप्रकाश खनाल, रेडक्रस सभापति वृजकिशोर पटेल, समाजवादी प्रेस संगठनका सचिव बृजलाल पासवान, गैंसस महासंघ मधेश प्रदेश उपाध्यक्ष नरेश जयसवाल, तथा दिवंगत अर्चना गुप्ताका पति शिवचरण रौनियार लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा गैंसस उपाध्यक्ष सुरज पण्डितले स्वागत मन्तव्य राखेका थिए भने ललन तिवारीले स्व. अर्चना गुप्ताको जीवनी प्रस्तुत गरेका थिए। गैंसस पर्सा कार्य समिति सदस्य रहेकी गुप्ताको गत वर्ष वैशाख ९ गते ४० वर्षको उमेरमा असामयिक निधन भएको थियो।

 

spot_img

ताजा अपडेट

लोकप्रिय