spot_img

पीस जोन एकेडेमीद्धारा चिसो पानी र सरबत वितरण

spot_img
spot_img

बीरगन्ज,०७ असार । बीरगन्जको बसपार्क क्षेत्रमा शनिवार पीस जोन एकेडेमीका विद्यार्थीहरूले यात्रु र सर्वसाधारणलाई चिसो पानी र सरबत वितरण गरेका छन्। चर्को गर्मीका बीच यात्रुहरूको कठिनाइलाई ध्यानमा राख्दै उनीहरूले मानवसेवामूलक भावनाबाट प्रेरित भई यो सामाजिक कार्य सञ्चालन गरेका हुन्।

कार्यक्रममा सहभागी यात्रुहरूले बालबालिकाहरूको सेवा भावप्रति धन्यवाद व्यक्त गर्दै यस्तो कदमले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको प्रतिक्रिया दिएका छन्।

विद्यालय प्रशासनका अनुसार, विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्व र मानवीय मूल्यको विकास गराउने उद्देश्यले यस्ता गतिविधिमा नियमित सहभागिता गराइन्छ। कार्यक्रममा शिक्षक र अभिभावकहरूको उल्लेखनीय साथ रहेको थियो।

स्थानीय बासिन्दाहरूले बालबालिकाको यो सेवा कार्यलाई प्रेरणादायी भन्दै प्रशंसा गरेका छन्। उनीहरूले यस्तो कार्यले युवापुस्तामा सामाजिक चेतना र सेवा भावना बढाउने विश्वास व्यक्त गरेका छन्।

विद्यालयले आगामी दिनहरूमा पनि यस्ता सहयोगमूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय