spot_img

नेपालमा चौथोपटक मङ्कीपक्स संक्रमण पुष्टि

spot_img
spot_img

काठमाडौं,०८ असार । नेपालमा मङ्कीपक्स (एमपक्स) संक्रमण चौथो पटक पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार साउदी अरबबाट फर्किएका ३७ वर्षीय एक नेपाली पुरुषमा मङ्कीपक्स संक्रमण देखिएको हो। हाल संक्रमित व्यक्ति काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत छन्।

नेपालमा पहिलो पटक २०८० साल असार १ गते मङ्कीपक्स पुष्टि भएको थियो। यो रोग अफ्रिकी मुलुकहरू हुँदै अहिले विश्वका अन्य धेरै देशमा फैलिरहेको छ। नेपालमा समेत संक्रमितको संख्या बढ्दै गएको मन्त्रालयले जनाएको छ।

डा. बुढाथोकीका अनुसार मङ्कीपक्स एमपक्स नामक भाइरसबाट सर्ने संक्रमण हो, जसको पहिलो घटना बाँदरमा देखिएकाले ‘मङ्कीपक्स’ नामाकरण गरिएको हो। यो रोग संक्रमित जनावर — जस्तै बाँदर, मुसा, लोखर्के — वा तिनीहरूबाट सरेका वस्तु (ओछ्यान, लुगा आदि) मार्फत मानिसमा सर्छ। साथै संक्रमित व्यक्तिबाट प्रत्यक्ष शारीरिक सम्पर्क, र्‍याल, चुम्बन, यौन सम्पर्कमार्फत पनि सर्ने गर्छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय