बीरगन्ज,१७ असार । बहुदरमाई नगरपालिकाले वृजकिशोर साहलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा नियुक्त गरेको छ। उनले सोमबारदेखि आफ्नो पदभार ग्रहण गरेका छन्।
साहको आगमनसँगै नगरपालिकामा सेवा प्रवाह र विकास निर्माणका कामलाई थप गति दिने अपेक्षा गरिएको छ। नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय बासिन्दाले नव नियुक्त प्रमुख प्रशासकीय अधिकृत साहलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
यसअघि प्रमुख प्रशासकीय अधिकृत रहेका अजयकुमार श्रीवास्तव अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारबाहीमा भ्रष्टाचार आरोपमा पक्राउ परेपछि उनी स्वतः निलम्बनमा परेका थिए।
श्रीवास्तव निलम्बनमा गएपछि रिक्त रहेको प्रमुख प्रशासकीय अधिकृतको पदमा साहलाई पठाइएको हो।




