spot_img

सडक बत्तीको गुणस्तर जाँच्दै अनुगमनमा ऊर्जामन्त्री यादव

spot_img
spot_img

जनकपुर,१७ असार । मधेश प्रदेशका ऊर्जा, सिचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादव पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जनकपुरधाम–ढल्केवर सडकखण्डमा जडान भइरहेका सडक बत्तीको काम र गुणस्तर अनुगमनमा निस्किएका छन्।

सडक बत्तीको काम गुणस्तरीय होस् र जनताबाट कुनै गुनासो नआओस् भन्ने उद्देश्यका साथ मन्त्री यादव आफैं प्राविधिक टोलीसहित अनुगमनमा निस्केका हुन्। अनुगमनका क्रममा उनले बत्तीको गुणस्तर, जडान प्रक्रिया र विद्युत आपूर्तिको अवस्था बारे जानकारी लिएका छन्।

“जनताको करबाट निर्माण भइरहेका पूर्वाधारको दीर्घकालीन उपयोगिता सुनिश्चित गर्न र कामप्रति कसैको गुनासो नआओस् भन्ने उद्देश्यले अनुगमन कार्यलाई तीव्रता दिएका हौं,” मन्त्री यादवले बताए।

स्थानीय बासिन्दाले मन्त्रीको प्रत्यक्ष अनुगमनलाई सकारात्मक रूपमा लिँदै सडक बत्तीको कार्य प्रभावकारी र टिकाउ हुने विश्वास व्यक्त गरेका छन्। उनीहरूले सडक बत्तीको विस्तारले रातको समयमा सडक प्रयोगमा सहजता र सुरक्षा पनि बढाउने बताएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय