Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025
Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025

नहुने चुनावको पैरवी गरेर...

काठमाडौं,०१ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नहुने चुनावको पैरवी गरेर एमालेले...

आशिफको अर्धशतकमा जनकपुरले काठमाडौंलाई...

काठमाडौं,०१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई...

सर्वोच्च अदालत आजदेखि पूर्ण...

काठमाडौं,०१ मंसिर । सर्वोच्च अदालत आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ। गत भदौ २४...

सरकारले चासो नदेखेकाले आन्दोलन...

काठमाडौँ,०१ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले...
spot_imgspot_imgspot_img
18.1 C
Kathmandu
24.9 C
Birgunj
spot_img

असारको १६ दिनमै ९६ अर्ब खर्च, आम्दानी ४० अर्बमा सीमित

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,१७ असार  । सङ्घीय सरकारले चालु आर्थिक वर्षको असार महिनामा १६ दिनमा कुल ९६ अर्ब ८६ करोड ८८ लाख रुपैयाँ खर्च गरेको छ । सरकारले चालु, पुँजीगत तथा वित्तीय व्यवस्था समेतमा गरी सो बराबरको खर्च गरेको हो ।

यसमध्ये चालु खर्चतर्फ यो अवधिमा ५८ अर्ब ९९ करोड ६० लाख रुपैयाँ, पुँजीगततर्फ १६ अर्ब ५३ करोड ६० लाख रुपैयाँ तथा वित्तीय व्यवस्थातर्फ २१ अर्ब ३५ करोड ४ लाख रुपैयाँ खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क छ ।
योसँगै चालु आर्थिक वर्षको यो अवधिसम्म १३ खर्ब ७९ अर्ब ८२ करोड रुपैयाँ खर्च भएको छ ।

यसमध्ये चालुतर्फ ९ खर्ब १० अर्ब ५७ करोड, पुँजीगततर्फ १ खर्ब ५९ अर्ब ९२ करोड र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ९ अर्ब ३२ करोड रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षका लागि सरकारले बजेटमा १८ खर्ब ६० अर्ब ३० करोड खर्च गर्ने लक्ष्य लिएको थियो । योमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब २८ करोड रुपैयाँ खर्चको लक्ष्य थियो ।

गत जेठ १५ गते अर्थ मन्त्रालयले उक्त बजेट खर्चको संशोधित अनुमान गरेको थियो । यसमध्ये चालुतर्फ १० खर्ब ९ अर्ब ४८ करोड, पुँजीगततर्फ २ खर्ब ९३ अर्ब ८६ करोड र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ५८ अर्ब ४६ करोड रुपैयाँ बराबरको खर्च गर्ने लक्ष्य छ ।
४० अर्ब आम्दानी

यो अवधिमा सरकारले कुल ४० अर्ब ३३ करोड ९९ लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ । कर राजश्व, गैरकर राजस्व, अनुदान र अन्य आम्दानी समेत गरी यस अवधिमा सो बराबरको आम्दानी प्राप्त भएको हो ।

यो रकममध्ये कर राजस्वतर्फ ३४ अर्ब ९३ करोड २८ लाख, गैरकर राजस्वतर्फ २ अर्ब ५५ करोड ७३ लाख तथा अनुदानतर्फ २ अर्ब ७३ करोड ९७ लाख तथा अन्य आम्दानीतर्फ ११ करोड १ लाख रुपैयाँ आम्दानी रहेको छ ।

सरकारले यो आर्थिक वर्षमा कुल १४ खर्ब १९ अर्ब ३० करोडको राजस्व तथा ५२ अर्ब ३२ करोड २० लाख रुपैयाँ बराबरको अनुदानको लक्ष्य थियो ।

गत बजेट वक्तव्यमा १२ खर्ब ६७ अर्ब ३९ करोड र अनुदान ३४ अर्ब ८९ करोड आउने संशोधित अनुमान गरिएको छ ।

ताजा समाचार

थप समाचार