Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025
Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025

गुरु पूर्णिमामा प्याब्सन बीरगन्ज–पर्साले...

बीरगन्ज, २६ असार -गुरु पूर्णिमाको पावन अवसरमा निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन प्याब्सन...

बागमती प्रदेश सरकारले २६...

काठमाडौं,२६ असार । चालु आर्थिक वर्ष बागमती सरकारको २६ प्रतिशत बजेट फ्रिज भएको...

सम्झौताअनुसार भारतले पानी नछोडदा...

बीरगन्ज,२६ असार । नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार भारतले पर्याप्त पानी नदिँदा बारा र...

डा. अरविन्द शाहको नेतृत्वमा...

बीरगन्ज,२६ असार । पर्साको पोखरिया अस्पतालले चिकित्सा क्षेत्रमा एउटा महत्त्वपूर्ण सफलता हासिल गरेको...
spot_imgspot_imgspot_img
23.5 C
Kathmandu
31.7 C
Birgunj
spot_img
spot_imgspot_imgspot_img

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

spot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,१७ असार । मधेशमा मंगलबार भएका दुई फरक सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

- Advertisement -

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१४ मा मधेश प्रदेश ०२–००१ क २२४० नम्बरको टिपरले ज ८ प ७७४३ नम्बरको मोटरसाइकललाई दिउँसो ठक्कर दिँदा ८० वर्षीय चलितर मण्डलको मृत्यु भएको हो। उनी धनुषा क्षिरेश्वरनाथ नगरपालिका–१० का बासिन्दा हुन्।

गम्भीर घाइते मण्डलको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको जनाइएको छ। दुर्घटनामा घाइते मोटरसाइकल चालकलाई थप उपचारका लागि काब्या अस्पताल जनकपुर पठाइएको छ। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

- Advertisement -

उता, सप्तरीको कञ्चनरुप नगरपालिका–२ महादेवपट्टीमा मंगलबार बिहान बीरगन्जबाट विराटनगरतर्फ जाँदै गरेको को १ ख ५४३८ नम्बरको बसले ठक्कर दिँदा ८ वर्षीय आयन शेखको घटनास्थलमै मृत्यु भएको छ। उनी सोही ठाउँका रोजित शेखका छोरा हुन्।

बस चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

ताजा समाचार

spot_img

थप समाचार