Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025
Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025

नहुने चुनावको पैरवी गरेर...

काठमाडौं,०१ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नहुने चुनावको पैरवी गरेर एमालेले...

आशिफको अर्धशतकमा जनकपुरले काठमाडौंलाई...

काठमाडौं,०१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई...

सर्वोच्च अदालत आजदेखि पूर्ण...

काठमाडौं,०१ मंसिर । सर्वोच्च अदालत आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ। गत भदौ २४...

सरकारले चासो नदेखेकाले आन्दोलन...

काठमाडौँ,०१ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले...
spot_imgspot_imgspot_img
18.1 C
Kathmandu
24.9 C
Birgunj
spot_img

विकास हाइड्रोपावरको आईपीओ सर्वसाधारणका लागि खुला

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,१८ असार । सर्वसाधारणका लागि विकास हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ)मा आजदेखि आवेदन खुलेको छ ।बिक्री प्रवन्धक प्रभु क्यापिटलले एक सार्वजनिक सूचनामार्फत आईपीओमा आवेदन खुलेको जानकारी गराएको छ ।

कम्पनीले सर्वसाधारणका लागि २९ लाख ४२ हजार ७६० कित्ता सेयर निष्कासन गरेको हो । कम्पनीको जारी पूँजी ९० करोड ९१ लाख १ हजार ३ सय रुपैयाँ छ । यसअघि वैदेशिक रोजगारमा रहेका तथा आयोजना प्रभावित स्थानीयका लागि आईपीओ बाँडफाँट भइसकेको छ ।

न्यूनतम १० तथा अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । असार २२ गतेसम्म आईपीओमा आवेदन दिन सकिनेछ । सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था वा अनलाइन प्रणाली मेरोसेयरमार्फत आईपीओमा आवेदन दिन सकिने क्यापिटलले जनाएको छ ।

कम्पनीले इक्रा नेपालबाट बीबीबी माइनस रेटिङ पाएको छ । यो रेटिङ बी प्लसभन्दा तल्लो स्तरको हो । यसले कम्पनी दायित्व बहन गर्न मध्यमस्तरमा रहेको जनाउँछ ।

कम्पनीले गोरखा जिल्लाको धार्चेमा माथिल्लो माछाखोला साना जलविद्युत् आयोजना सञ्चालन गरेको छ । जुन ४.५५ मेगावाट क्षमताको छ । यस आयोजनाको कुल लागत १ अर्ब ११ करोड ८२ लाख रुपैयाँ छ । प्रतिमेगावाट लागत २४ करोड ५७ लाख ६८ हजार रुपैयाँ छ ।

गत पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३७ पैसा छ । प्रतिसेयर नेटवर्थ १०२ रुपैयाँ ७६ पैसा छ । कम्पनीको सञ्चित नाफा १ करोड २८ लाख रुपैयाँ छ ।

ताजा समाचार

थप समाचार