spot_img

ओली सरकार धेरै दिन टिक्दैन, सानेपामा उकुसमुकुस : सापकोटाको दावी

spot_img
spot_img

काठमाडौं,१८ असार । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई लिएर नेपाली कांग्रेसभित्र गहिरो असन्तुष्टि र अन्तर्विरोध पैदा भएको बताएका छन्। सापकोटाले यस्तो अवस्था दीर्घकालीन नटिक्ने स्पष्ट संकेतसमेत गरेका छन्।

पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सापकोटाले कांग्रेसको सानेपामा जारी केन्द्रीय समिति बैठकलाई इंगित गर्दै भने, “सानेपामा अहिले उकुसमुकुसको वातावरण छ। सत्ता पक्षका सांसदहरू नै रोष्टमबाट आलोचना गरिरहेका छन्।”

उनका अनुसार कांग्रेस नेतृत्वको असन्तुष्टि व्यवस्थापन गर्ने क्षमता कमजोर देखिएको छ, जसले सरकारको स्थायित्वमाथि प्रश्न उठाएको छ। “सबैभन्दा ठूलो दलभित्रै सबैभन्दा ठूलो अन्तर्विरोध पैदा भएको छ। यो नेतृत्वले थाम्न सक्दैन,” उनले भने।

सापकोटाको भनाइमा, एमाले–कांग्रेस गठबन्धनको औचित्यमाथि कांग्रेसभित्रै गम्भीर बहस चलिरहेको छ, र यही कारणले वर्तमान ओली सरकार धेरै दिन नटिक्ने भविष्य देखिन्छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय