Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026
Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

महतो नेतृत्वको सदभावना र...

बिरगंज , २९ पुस । आम जनता पार्टी (आजपा)ले मंगलबार एकैदिन दुई पार्टीसंग...

कांग्रेस विशेष महाधिवेशन :...

वीरगञ्ज २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पक्षधरहरूले निर्वाचन प्रक्रिया धमाधम अघि...

नेपाली कांग्रेसको विशेष महाधिवेशन...

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि निर्वाचन समितिले निर्वाचन तालिका...

गच्छदारले भने कांग्रेस संकटमा,...

वीरगञ्ज , २९ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारले पार्टी गम्भीर...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
13.6 C
Birgunj
spot_img

एमसीसी परियोजना नेपालमा यथावत्, नयाँ चरणको ठेक्का प्रक्रिया अगाडि बढ्दै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१९ असार । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) ले नेपाल कम्प्याक्ट अन्तर्गतका पूर्वाधार योजनाको कार्यान्वयनलाई निरन्तरता दिने निर्णय गरेको छ। अमेरिकी वैदेशिक सहायता कार्यक्रमहरूमा हालै गरिएको स्थगनको घोषणाबीच नेपाललाई दिइएको यो विशेष छुटअन्तर्गत काम अघि बढाइएको हो।

मिलेनियम च्यालेञ्ज एकाउन्ट–नेपाल (एमसीए–नेपाल) ले एक विज्ञप्तिमार्फत एमसीसीको निरन्तर समर्थनप्रति आभार व्यक्त गर्दै परियोजनाको कार्यान्वयनमा पूर्ण प्रतिबद्धता जनाएको छ। यद्यपि, एमसीसीको निर्णय कुन मितिमा भएको हो भन्ने विवरण भने सार्वजनिक गरिएको छैन।

यसअघि पनि, मार्च २०२५ मा एमसीसीले नेपालका लागि केही आवश्यक खरिद र प्रशासनिक कामहरू गर्न विशेष अनुमति दिएको थियो। हालसम्म, तीन वटा ४०० केभी क्षमताका विद्युत् सबस्टेसन र १८ किलोमिटर प्रसारण लाइनको ठेक्का प्रक्रिया पूरा भइसकेको एमसीए–नेपालले जनाएको छ।

अब बाँकी रहेका २९७ किलोमिटर लम्बाइका प्रसारण लाइन तथा सडक मर्मतजस्ता कामहरूको लागि खरिद प्रक्रिया अगाडि बढाइएको छ। यी कार्यहरू नेपालको ऊर्जा तथा यातायात पूर्वाधारमा दीर्घकालीन प्रभाव पार्ने बताइएको छ।

एक सरकारी स्रोतका अनुसार, नेपालसहित पाँच मुलुकमा एमसीसीको सहयोग यथावत् राख्ने अनौपचारिक संकेत प्राप्त भए पनि औपचारिक सूचना आउन बाँकी छ। सुरुमा ५० करोड अमेरिकी डलर अनुदान दिने सम्झौता भए पनि, प्रसारण लाइन निर्माणको लागत बढेपछि एमसीसी बोर्डले सन् २०२५ जनवरी २ मा थप ५ करोड डलर सहयोग दिने निर्णय गरेको थियो।

हालसम्म भने, अमेरिकाबाट कुल ५५ करोड डलर नै आउने हो वा केवल प्रारम्भिक ५० करोडमा सीमित हुने हो भन्ने विषयमा स्पष्टता आइसकेको छैन।

ताजा समाचार

थप समाचार