Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

राष्ट्रिय परिचयपत्रमार्फत ३ लाख...

काठमाडौँ,०२ मंसिर  । राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख ८ हजार ५८५ जनाले नयाँ...

अपराधविरुद्ध निर्ममता अपनाउन प्रहरीमुख्य...

काठमाडौं,०२ मंसिर  । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हाल समाजमा देखा परेको सुरक्षा...

महोत्तरीमा धारिलो हतियार प्रहारबाट...

महोत्तरी,०२ मंसिर । महोत्तरीको जलेश्वर नगरपालिका–९ आगेपुरमा सोमबार साँझ धारिलो हतियार प्रहार गरी...

जेनजी प्रदर्शनका क्रममा तोडफोडमा...

काभ्रे,०२ मंसिर ।  जेनजी प्रदर्शनका क्रममा जिल्लाका विभिन्न संरचनामा आगजनी, तोडफोड र लुटपाटमा...
spot_imgspot_imgspot_img
12.1 C
Kathmandu
18.7 C
Birgunj
spot_img

एकीकृत समाजवादीमा स्पष्टीकरण विवाद: पार्टीको दाबी र झाँक्रीको अस्वीकारले मतभेद चुलियो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१९ असार । नेकपा (एकीकृत समाजवादी) भित्र स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई सोधिएको भनिएको स्पष्टीकरणको विषयले विवाद चुलिएको छ। पार्टीले स्पष्टीकरण सोधिएको दाबी गरे पनि झाँक्रीले भने आफूलाई कुनै स्पष्टीकरण नआएको बताएकी छन्।

पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडाले झाँक्रीलाई पार्टीको अनुशासन आयोगले स्पष्टीकरण सोधेको र अनुशासन आयोगले सोधेपछि त्यो पार्टीले नै सोधेको मानिने बताए। तर, झाँक्रीले भने आफूलाई कुनै स्पष्टीकरण नसोधिएको दाबी गर्दै आजको बैठकमा बोल्न समय माग गरेकी थिइन्। यद्यपि, महासचिव घनश्याम भुसालको स्वास्थ्यमा समस्या देखिएको भन्दै बैठक स्थगित भएपछि उनले आफ्नो धारणा राख्न पाइनन्। अर्को बैठक असार २२ गते बिहान ११ बजे बस्ने तय भएको छ।

झाँक्रीले अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गर्दै ’सिनो बोकेर हिँड्न नसकिने’ भन्दै अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने अभिव्यक्ति दिएकी थिइन्। यही अभिव्यक्तिलाई लिएर पार्टीभित्र चर्को विवाद उत्पन्न भएको हो।

झाँक्रीले पार्टीलाई बुझाएको पत्रमा आफूलाई स्पष्टीकरण सोधिएको भनी सार्वजनिक भइरहेका खबरहरू ’भ्रामक’ भएको उल्लेख गरेकी छन्। उनले लेखेकी छन्, “यो विषयमा मलाई स्पष्टीकरण सोधिनेछ, सोधिएको छ, सोधियो भन्ने जस्ता भ्रामक कुरा बोलिरहनु भएको छ। यो विषयमा मैले स्पष्ट गर्नु पर्ने नै हुन्छ। सार्वजनिक टिप्पणीको स्पष्टीकरण दिने माध्यम म सार्वजनिक मिडिया बनाउन चाहन्न। कतिपय पदाधिकारीले त अनुशासन आयोगले स्पष्टीकरण सोधिसक्यो पनि भनी सक्नु भएको छ। तर, मलाई यस्तो कुनै लिखित पत्र वा मौखिक प्रश्न वा स्पष्टीकरण कसैले र कुनै कमिटीले पनि सोधेको थाहा छैन।“

आजको बैठकमा आफ्नो कुरा राख्ने समय माग गरे पनि बैठक स्थगित भएकाले धारणा राख्न नपाएको उनले बताएकी छन्। यस घटनाले एकीकृत समाजवादीभित्र आन्तरिक कलह थप बढेको स्पष्ट संकेत दिएको छ।

ताजा समाचार

थप समाचार