Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025
Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025

गुरु पूर्णिमामा प्याब्सन बीरगन्ज–पर्साले...

बीरगन्ज, २६ असार -गुरु पूर्णिमाको पावन अवसरमा निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन प्याब्सन...

बागमती प्रदेश सरकारले २६...

काठमाडौं,२६ असार । चालु आर्थिक वर्ष बागमती सरकारको २६ प्रतिशत बजेट फ्रिज भएको...

सम्झौताअनुसार भारतले पानी नछोडदा...

बीरगन्ज,२६ असार । नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार भारतले पर्याप्त पानी नदिँदा बारा र...

डा. अरविन्द शाहको नेतृत्वमा...

बीरगन्ज,२६ असार । पर्साको पोखरिया अस्पतालले चिकित्सा क्षेत्रमा एउटा महत्त्वपूर्ण सफलता हासिल गरेको...
spot_imgspot_imgspot_img
23.5 C
Kathmandu
31.7 C
Birgunj
spot_img
spot_imgspot_imgspot_img

राजर्षिजनक विश्वविद्यालयको भवन राजनीतिक हस्तक्षेपले अवरुद्ध : नेता निधि

spot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,२१ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले राजनीतिक हस्तक्षेपका कारण राजर्षिजनक विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवन निर्माण रोकिएको आरोप लगाएका छन्।

- Advertisement -

शनिबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा नेता निधिले जनकपुरको फुलगामा भवन निर्माणका लागि आवश्यक जग्गा तथा बजेट सुनिश्चित भइसके पनि केही नेताहरूको दबाबका कारण शिक्षा मन्त्रालयमार्फत निर्माण प्रक्रिया अवरुद्ध भएको दाबी गरे।

“पहिला जनकपुरमा भवनका लागि जग्गा खोज्यौं, पाइएन,” निधिले भने, “अब फुलगामा गुठी संस्थानसँग सहमति भएको १३ बिघा जमीन छ, बजेट पनि छ – तर राजनीतिक चलखेलले काम अघि बढ्न सकेको छैन।”

- Advertisement -

उनका अनुसार संघीय सरकारको पूर्ण स्वामित्वमा रहेको विश्वविद्यालयको भवन निर्माणका लागि ८ करोड रुपैयाँ विनियोजन भइसकेको छ। तर, धनुषा क्षेत्र नं. ३ र ४ का केही जनप्रतिनिधिहरुले नगराइन नगरपालिका अन्तर्गत पर्ने फुलगामा भवन बन्न नदिएको आरोप निधिले लगाए।

राजर्षिजनक विश्वविद्यालयको ऐनअनुसार जनकपुरस्थित रामसागर रामस्वरूप बहुमुखी क्याम्पस, सिरहा र सप्तरीका क्याम्पसहरू आधार क्याम्पस हुने व्यवस्था भए पनि त्यसको कार्यान्वयन राजनीतिक कारणले अड्किएको निधिको भनाइ छ।

यसैबीच विश्वविद्यालयका उपकुलपति प्रो. डा. अमर प्रसाद यादवले भने भवन निर्माणमा ढिलाइ हुनुको कारण विश्वविद्यालय अनुदान आयोग (UGC) बाट आवश्यक स्वीकृति समयमै नआउनु रहेको बताए।

“विश्वविद्यालय ऐनअनुसार केन्द्रीय कार्यालय धनुषा जिल्लामै रहने प्रावधान छ,” उपकुलपति यादवले भने, “तर, प्रक्रिया ढिलो भएकोले भवन निर्माण सुरु गर्न सकिएको छैन।”

ताजा समाचार

spot_img

थप समाचार