Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025
Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025

नहुने चुनावको पैरवी गरेर...

काठमाडौं,०१ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नहुने चुनावको पैरवी गरेर एमालेले...

आशिफको अर्धशतकमा जनकपुरले काठमाडौंलाई...

काठमाडौं,०१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई...

सर्वोच्च अदालत आजदेखि पूर्ण...

काठमाडौं,०१ मंसिर । सर्वोच्च अदालत आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ। गत भदौ २४...

सरकारले चासो नदेखेकाले आन्दोलन...

काठमाडौँ,०१ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले...
spot_imgspot_imgspot_img
18.1 C
Kathmandu
24.9 C
Birgunj
spot_img

भोलिदेखि मधेस प्रदेशसभामा बजेटमाथि छलफल हुने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,२१ असार । मधेस सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि आइतबारदेखि छलफल हुने भएको छ।

आइतबार दिउँसो १ बजेका लागि मधेस प्रदेशसभाको बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ। आर्थिक वर्ष २०८२/०८३ का लागि असार १ गते अर्थमन्त्री सुनिलकुमार यादवले बजेट प्रस्तुत गरेपछि असार ११ गते बसेको बैठक आधा घण्टासमेत नचली अनिश्चितकालका लागि स्थगित भएको थियो।

सरकारको आग्रहमा सभामुख रामचन्द्र मण्डलले बैठक स्थगित गरेपछि विपक्षी दलका सांसदहरूले बैठक स्थगन प्रक्रियाप्रति आपत्ति जनाएका थिए। असार १२ गतेका लागि बोलाइएको बैठक पनि सुरु हुनु एक घण्टा अगाडि स्थगित भएपछि विपक्षी दलहरूले बैठक बहिष्कारको चेतावनी दिएका थिए।

जनता समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत विपक्षी दलहरूले सभामुखले जानकारी नदिई बैठक स्थगन गरेको भन्दै असन्तुष्टि जनाएका हुन्।

मधेस सरकारले ल्याएको बजेटमाथि विपक्षी दल मात्र नभई सत्तारुढ दलका केही सांसदहरूले पनि असन्तुष्टि व्यक्त गर्दै आएका छन्। उनीहरूले बजेटमा विचौलियाहरूको प्रभाव देखिएको र योजनाहरू पारदर्शी नभएको भन्दै आलोचना गरेका छन्।

ताजा समाचार

थप समाचार