Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025
Date
शुक्र, असार २७, २०८२
Fri, July 11, 2025

गुरु पूर्णिमामा प्याब्सन बीरगन्ज–पर्साले...

बीरगन्ज, २६ असार -गुरु पूर्णिमाको पावन अवसरमा निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन प्याब्सन...

बागमती प्रदेश सरकारले २६...

काठमाडौं,२६ असार । चालु आर्थिक वर्ष बागमती सरकारको २६ प्रतिशत बजेट फ्रिज भएको...

सम्झौताअनुसार भारतले पानी नछोडदा...

बीरगन्ज,२६ असार । नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार भारतले पर्याप्त पानी नदिँदा बारा र...

डा. अरविन्द शाहको नेतृत्वमा...

बीरगन्ज,२६ असार । पर्साको पोखरिया अस्पतालले चिकित्सा क्षेत्रमा एउटा महत्त्वपूर्ण सफलता हासिल गरेको...
spot_imgspot_imgspot_img
24.9 C
Kathmandu
36.2 C
Birgunj
spot_img
spot_imgspot_imgspot_img

कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

spot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२२ असार । देशभर मनसुनको प्रभाव सक्रिय भइरहेका बेला आज र भोलि केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

- Advertisement -

विभागको मौसम पूर्वानुमान महाशाखाले आज बिहान सार्वजनिक गरेको बुलेटिनअनुसार कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरूमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

त्यस्तै, कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका थोरै भू–भागमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू–भागहरूमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको अवस्था देखिएको छ।

- Advertisement -

आज रातिको समयमा मौसम अझ बढी सक्रिय रहने अनुमान गरिएको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरैजसो स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै, गण्डकी, कर्णाली, सुदूरपश्चिमका केही भू–भाग तथा कोशी, बागमती र लुम्बिनीका एक–दुई स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।

भोलि सोमबार पनि कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रहरूमा भारी वर्षाको सम्भावना यथावत रहने महाशाखाले जनाएको छ।

विभागले बाढी, पहिरो र यातायात अवरोधको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारण र सम्बन्धित निकायहरूलाई आग्रह गरेको छ।

ताजा समाचार

spot_img

थप समाचार