Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026
Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026

आईसीसी टी–२० विश्वकप :...

काठमाडाै,०३ फागुन । आईसीसी टी–२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल जारी...

पर्साका ७६ सय बालिकाले...

बीरगन्ज,०३ फागुन । पर्साका ७६ सय बालिकाले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि लक्षित...

एक करोड ९१ लाख...

काठमाडौं,०३ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका...

प्रतिनिधिसभा निर्वाचन प्रचारप्रसार फागुन...

बीरगन्ज,०३ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन ४ गतेदेखि १८...
spot_img

रौतहटमा श्रोत नखुलेको १२ लाखभन्दा बढी नगदसहित सर्लाहीका युवक पक्राउ

spot_img

रौतहट,२६ असार । सशस्त्र प्रहरी बल, भन्सार सुरक्षा गार्ड रौतहटले श्रोत नखुलेको १२ लाख ७३ हजार तीन सय रुपैयाँभन्दा बढी नगदसहित एक जनालाई पक्राउ गरेको छ। बिहीबार गौर नगरपालिका–१ स्थित भन्सार सुरक्षा गार्ड कार्यालयअगाडिबाट एक मोटरसाइकल चालक नगदसहित नियन्त्रणमा परेका हुन्।

प्रहरी सहायक निरीक्षक गोपाल सहनी र सशस्त्र प्रहरी सहायक निरीक्षक श्याम कुमार चौरसियाको कमान्डमा खटिएको टोलीले भारतबाट गौरतर्फ आउँदै गरेको बिआर ०३ जे ९५४३ नम्बरको मोटरसाइकललाई शंका लागेर चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा मोटरसाइकल चालक सर्लाहीको रामनगर गाउँपालिका–२ बस्ने करिब ३० वर्षीय चन्दन पण्डितले पिठ्युँमा बोकेको कालो झोलामा श्रोत नखुलेको रकम फेला परेको हो। घटना भन्सार सुरक्षा गार्ड कार्यालयबाट करिब १०० मिटर पूर्वतर्फ भएको थियो।

झोलाभित्र नेपाली ९ लाख २८ हजार ५ सय रुपैयाँ र भारतीय २ लाख १५ हजार ५ सय रुपैयाँ बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ। कुल १२ लाख ७३ हजार ३ सय रुपैयाँ श्रोत नखुलेको नगद, मोटरसाइकल र चालक पण्डितलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय