Date
शनि, माघ २४, २०८२
Sat, February 7, 2026
Date
शनि, माघ २४, २०८२
Sat, February 7, 2026

आचारसंहिता उल्लङ्घन आरोपमा सुर्खेतमा...

‎‎सुर्खेत,२४ माघ । सुर्खेत प्रहरीले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै ‘द डेन्जरस स्कुल’...

नेशनल मेडिकल कलेज र...

बीरगन्ज,२४ माघ । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल र मानवसेवा आश्रम, बीरगन्जबीच...

रकेटजस्तो वस्तु विस्फोट हुँदा...

राजविराज,२४ माघ । सप्तरीको रुपनी गाउँपालिका–६ दुधैला खोलामा शनिबार शंकास्पद वस्तु विस्फोट हुँदा...

चितवनमा अनुमति प्राप्त ११...

चितवन,२४ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै स्थानीय...
spot_img

साउथ सिटी हस्पिटलले आयाेजना गरे रक्तदान कार्यक्रममा ४१ पाेका रगत संकलन

spot_img

वीरगंज,२७ असार – वीरगंज–१५ स्थित द हिमाल नर्सिङ्ग इन्स्टिच्युटको कम्पाउण्ड भित्र आज एक रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रमको आयोजन साउथ सिटी हिमाल हस्पिटल प्रा.लि. द्वारा गरिएको हो।

उक्त कार्यक्रममा १२ जना महिला सहित कुल ४१ जनाले आफ्नो अमूल्य रक्तदान गरेका छन्।

गर्मीको चर्को मौसम र अस्पतालहरूमा बढ्दो रक्त अभावलाई मध्यनजर गर्दै कार्यक्रमको आयोजना गरिएको आयोजक पक्षले जानकारी दिएको छ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी वीरगंज शाखाका सदस्य दया शंकर सिंह, वीरगंज कपडा बैंकका अध्यक्ष लाल बाबू सिंह, रेडक्रस रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ता, संचारकर्मी अर्जुन चौधरी र प्रहलाद चौरसिया लगायत विशिष्ट व्यक्तिहरूको विशेष उपस्थिति रहेको थियो।

रक्तदान गर्नेमा विशेषगरी अञ्जली यादव, प्रियंसु यादव, बनिता श्रेष्ठ, सोफिया मल्ल, अमृता थापा, दिलमाया, विशाल साह, मो. नुरबाबु हास्मी, कविन साह, रामबाबु मुखिया, सोनी प्रति साह, रामुजी यादव, शेती मगा, प्रणिस्ता न्यौपाने लगायतका व्यक्तिहरूले आफ्नो अमुल्य रक्तदान गरेका थिए।

कार्यक्रममा नेपाल रक्त संचार केन्द्र, वीरगंजका प्रमुख सौरभ राज पाण्डे, जितेन्द्र कुश्वाहा, नितेश यादव लगायतका स्वास्थ्यकर्मीहरूको प्राविधिक सहयोग महत्वपूर्ण रहेको थियोे।

“रक्तदान भनेको अरूलाई जीवन दिनु मात्र होइन, आफूमा पनि सकारात्मक ऊर्जा सञ्चार गर्नु हो,” कार्यक्रमका सहभागीहरूले उल्लेख गरेका थिए।

spot_img

ताजा अपडेट

लोकप्रिय