Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026
Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

महतो नेतृत्वको सदभावना र...

बिरगंज , २९ पुस । आम जनता पार्टी (आजपा)ले मंगलबार एकैदिन दुई पार्टीसंग...

कांग्रेस विशेष महाधिवेशन :...

वीरगञ्ज २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पक्षधरहरूले निर्वाचन प्रक्रिया धमाधम अघि...

नेपाली कांग्रेसको विशेष महाधिवेशन...

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि निर्वाचन समितिले निर्वाचन तालिका...

गच्छदारले भने कांग्रेस संकटमा,...

वीरगञ्ज , २९ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारले पार्टी गम्भीर...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
13.6 C
Birgunj
spot_img

चार प्रदेशमा आज भारी वर्षाको सम्भावना

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,३१ असार  । नेपालमा सक्रिय मनसुनका कारण आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सामान्यभन्दा केही उत्तरतर्फ सक्रिय छ। यसका कारण आज दिउँसो देशभर आंशिकदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीसहित पहाडी भूभागका धेरै ठाउँमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।

त्यसैगरी, उच्च पहाडी र हिमाली भेगका केही स्थानमा आज हल्कादेखि मध्यम वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ। राति पनि देशभर आंशिकदेखि पूर्ण बदली रहनेछ भने कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

यस्तै, कोशी प्रदेशका तराई क्षेत्र र मधेश प्रदेशका केही स्थानमा हुरीबताससहित वर्षाको सम्भावना रहेको जनाइएको छ। महाशाखाले नदी आसपास र पहिरो सम्भावित क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध गरेको छ।

ताजा समाचार

थप समाचार