Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026
Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

कांग्रेस विशेष महाधिवेशन :...

वीरगञ्ज २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पक्षधरहरूले निर्वाचन प्रक्रिया धमाधम अघि...

नेपाली कांग्रेसको विशेष महाधिवेशन...

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि निर्वाचन समितिले निर्वाचन तालिका...

गच्छदारले भने कांग्रेस संकटमा,...

वीरगञ्ज , २९ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारले पार्टी गम्भीर...

हिमाचलको सोलानमा ग्यास विस्फोट...

भारतको हिमाचल प्रदेशस्थित सोलान जिल्लाको अर्की भन्ने ठाउँमा ग्यास सिलिण्डर विस्फोट हुँदा ९...
spot_imgspot_imgspot_img
13.1 C
Kathmandu
16.4 C
Birgunj
spot_img

नेपाल हवाई सेवा प्राधिकरण विधेयक सरकारको उच्च प्राथमिकतामा : सभापति यादव

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,१३ साउन । संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवले “नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१” सरकारको उच्च प्राथमिकतामा रहेको स्पष्ट पारेका छन्।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै सभापति यादवले सो विधेयकलाई यथासिघ्र पारित गराउने उद्देश्यले समितिमा गहन छलफल अघि बढिरहेको जानकारी दिए। उनका अनुसार हवाई सेवा प्राधिकरण विधेयकनागरिक उड्डयन प्राधिकरण विधेयक आपसमा परिपूरक भएकाले दुवैलाई सँगै अगाडि बढाउन जरुरी भएको बताइएको छ।

“दुवै विधेयकबीच सुसम्बन्ध छ। एउटा बिना अर्को अपुरो हुन्छ,” सभापति यादवले बैठकमा भने, “त्यसैले दुवै विधेयकलाई उच्च प्राथमिकतामा राखी छिटो टुंगोमा पुर्‍याउन आवश्यक छ।”

बैठकमा आज नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधन प्रस्ताव दर्ता गराएका सांसदहरूसँग छलफल गरिएको थियो। सभापति यादवले समितिको तर्फबाट विधेयकलाई प्रभावकारी ढंगले अगाडि बढाउन हरसंभव प्रयास भइरहेको उल्लेख गरे।

नेपालको हवाई सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न र संस्थागत सुधार गर्न यो विधेयक आवश्यक रहेको धारणा समितिमा राखिएको थियो।

ताजा समाचार

थप समाचार