Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026
Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026

आईसीसी टी–२० विश्वकप :...

काठमाडाै,०३ फागुन । आईसीसी टी–२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल जारी...

पर्साका ७६ सय बालिकाले...

बीरगन्ज,०३ फागुन । पर्साका ७६ सय बालिकाले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि लक्षित...

एक करोड ९१ लाख...

काठमाडौं,०३ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका...

प्रतिनिधिसभा निर्वाचन प्रचारप्रसार फागुन...

बीरगन्ज,०३ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन ४ गतेदेखि १८...
spot_img

मधेश प्रदेशमा पहिलोपटक ‘सुरक्षित आवास’ र ‘नागरिक दुर्घटना बीमा’ कार्यक्रम लागु

spot_img

जनकपुर, १४ साउन । सामाजिक सुरक्षा प्रणाली सुदृढ बनाउने र नागरिकको जीवनस्तरमा सुधार ल्याउने लक्ष्यसहित मधेश प्रदेश सरकारले ऐतिहासिक रूपमा दुई बीमा कार्यक्रम घोषणा गरेको छ। ‘मुख्यमन्त्री सुरक्षित आवास बीमा’ र ‘नागरिक दुर्घटना बीमा’ कार्यक्रमको सुरुआत प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालयमार्फत गरिएको हो।

प्रदेश सरकारले पहिलो चरणमा १ लाख घरधुरीलाई सुरक्षित आवास बीमाको दायरामा ल्याउने योजना बनाएको छ। यस अन्तर्गत आगलागी, चट्याङ, बाढीपहिरो, आँधीहुरी लगायत प्राकृतिक तथा अन्य आपतकालीन घटनामा घरमा भएको क्षतिको बीमा रकम प्रदान गरिनेछ। यो बीमाले एक घरधुरीलाई अधिकतम ५ लाख रुपैयाँसम्मको क्षतिपूर्ति दिनेछ।

त्यस्तै, ‘नागरिक दुर्घटना बीमा’ कार्यक्रमअन्तर्गत ६ हजार ६ सय नागरिकलाई बीमामा समावेश गरिनेछ। यो बीमाले आकस्मिक मृत्यु, शारीरिक अपांगता वा गम्भीर दुर्घटनाका घटनामा अधिकतम १० लाख रुपैयाँसम्मको बीमा सुविधा दिनेछ। बीमित व्यक्तिको मृत्यु भएमा पीडित परिवारलाई राहतस्वरूप उक्त रकम प्रदान गरिनेछ।

प्रदेश सरकारले यी दुई बीमा योजनाअन्तर्गत करिब ५९ अर्ब १० करोड रुपैयाँ बराबरको बीमा सुरक्षा प्रदान गर्ने घोषणा गरेको छ। मुख्यमन्त्री सतीशकुमार सिंहको नेतृत्वमा अघि सारिएको यो योजना विशेष गरी विपन्न, सीमान्तकृत र जोखिममा रहेका वर्गलाई लक्षित गरिएको हो।

बीमा दाबी प्रक्रिया पारदर्शी र सहज बनाउने उद्देश्यले आवश्यक कागजातहरू साक्षीसहितको निवेदन, प्रहरी प्रतिवेदन वा अस्पतालको प्रमाणपत्र, स्थानीय पालिकाको सिफारिस र नागरिकताको प्रमाण—पेश गर्नुपर्नेछ।

 

spot_img

ताजा अपडेट

लोकप्रिय