spot_img

जसपा सप्तरी कार्यालयको तालाबन्दी हट्यो

spot_img
spot_img

जनकपुर,१४ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालको सप्तरी जिल्ला पार्टी कार्यालयमा केही दिनदेखि गरिएको तालाबन्दी अन्ततः मंगलबार राति खोलिएको छ। युवापक्ष र जिल्ला नेतृत्वबीच दुई बुँदे सहमति भएपछि तालाबन्दी हटाइएको समाजवादी विद्यार्थी युनियनका अध्यक्ष श्याम कुमार यादवले जानकारी दिए।

सप्तरी अध्यक्ष केदारप्रसाद यादवमाथि अध्यक्ष उमेश कुमार यादवको निर्देशनमा भएको भनिएको कुटपिट घटनामा संलग्नहरूलाई कारबाही गर्नुपर्ने र वडा अधिवेशनको प्रक्रिया सच्याउनुपर्ने मागसहित युवाहरूले कार्यालयमा तालाबन्दी गरेका थिए।

कतिपय मागहरूमा सहमति भइसकेको र बाँकी विषयहरू वार्ता र संवादमार्फत टुंगो लगाउने सहमतिपछि ताला खोलिएको हो।

दुई बुँदे सहमतिपत्रमा जिल्ला अध्यक्ष केदारप्रसाद यादव, समाजवादी विद्यार्थी युनियन सप्तरीका अध्यक्ष श्याम कुमार यादव, समाजवादी युवासंघ सप्तरीका अध्यक्ष समेत रहेका केदार प्रसाद यादव, र महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसका स्ववियु सभापति रञ्जित यादवले हस्ताक्षर गरेका छन्।

पार्टीभित्र देखिएको आन्तरिक असन्तुष्टि र नेतृत्वप्रतिको असहमति सार्वजनिक रूपमै देखिएपछि भएको यो सहमति जसपाका लागि संगठन सुदृढीकरणतर्फको एक प्रयासका रूपमा हेरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय