spot_img

प्रधानमन्त्रीकै छेउमा देखियाे यस्तो दृश्य

spot_img
spot_img

काठमाडौं,१४ साउन ।  राष्ट्रियसभा बैठकको चलिरहेको कार्यसूचीबीच प्रधानमन्त्रीकै छेउमा बसेका तीन मन्त्री निदाएको दृश्यले राजनीतिक वृत्तमा चर्चा पैदा गरेको छ।

बैठकमा नेपाललाई अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने विषयमा अध्ययन प्रतिवेदनमाथि छलफल भइरहँदा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र रक्षामन्त्री मानवीर राई निदाएको अवस्थामा देखिए।

महत्त्वपूर्ण विषयमा भइरहेको बैठकमा मन्त्रीहरू निदाएको दृश्यले सरकारको गम्भीरता र बैठकप्रति प्रतिबद्धता माथि प्रश्न उठाएको छ। विशेषतः प्रधानमन्त्री केपी शर्मा ओली स्वयं उपस्थित बैठकमा, उनको नजिकै बसेका मन्त्रीहरूको यस्तो अवस्था सार्वजनिक भएपछि सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा आलोचना सुरु भएको छ।

यो पहिलो पटक भने होइन। केही समयअघि प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ पनि निदाएको दृश्य क्यामेरामा कैद भएको थियो। प्रधानमन्त्रीले बोलाउँदा पनि उनी नउठेको दृश्यले त्यतिबेला पनि चर्चा पाएको थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय