Date
मङ्ल, माघ ६, २०८२
Tue, January 20, 2026
Date
मङ्ल, माघ ६, २०८२
Tue, January 20, 2026

पर्सा – १ मा...

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

मन्त्री जगदीश खरेल रास्वपाबाट...

काठमाडौँ,०५ माघ । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री जगदीश खरेल रास्वपाबाट प्रतिनिधिसभा...

पोखराबाट दुर्गा प्रसाईं पक्राउ

पोखरा,०५ माघ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा...

बारामा नेकपाले टुंग्यायो उम्मेदवार,...

बारा,०५ माघ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले बाराका चारवटै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवार...
spot_imgspot_imgspot_img
8.2 C
Kathmandu
14.5 C
Birgunj
spot_img

दाङमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१५ साउन । दाङको तुलसीपुरमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–१७ का अन्दाजी १५ वर्षीय सविन भण्डारी र सोही ठाउँका १७ वर्षीय मनोज रोका मगर रहेका छन् ।

प्रहरीका अनुसार तुलसीपुरबाट बिजौरीतर्फ जाली बोकेर जाँदै गरेको रा१त ३४७८ नम्बरको ट्याक्टर तुलसीपुर–७ मोतिपुरस्थित हात्तीखौवा ओरालोमा अनियन्त्रित भएर बिहीबार पल्टिएको थियो । ट्याक्टर पल्टिए गम्भीर घाइते भएका भण्डारी र रोका मगरलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्‍याइए पनि चिकित्सकले दुवैलाई मृत घोषणा गरेको दाङ प्रहरीले जनाएको छ ।

ट्याक्टर चालक तुलसीपुर–१७ मानपुरका २६ वर्षीय सुरेश चौधरी, सोही ठाउँका १५ वर्षीय धनबहादुर चौधरी र तुलसीपुर–१८ बिजौरीका २६ वर्षीय प्रकाश चौधरी प्रहरी नियन्त्रणमा छन् । दुर्घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

थप समाचार