Date
बिहि, फाल्गुन ७, २०८२
Thu, February 19, 2026
Date
बिहि, फाल्गुन ७, २०८२
Thu, February 19, 2026

सर्लाहीमा तीन मोटरसाइकल आपसमा...

सर्लाही,०७ फागुन । सर्लाहीको बाँके–सङ्ग्रामपुर सडकखण्ड अन्तर्गत खीला गाउँ नजिक बुधबार राति भएको...

एमालेले आज घोषणापत्र सार्वजनिक...

काठमाडौं,०७ फागुन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आज...

‘टिम नेपाल’मार्फत पाँच वर्षमै...

जनकपुर,०७ फागुन । गगन थापा ले ‘टिम नेपाल’को अवधारणा अघि सार्दै पाँच वर्षभित्र...

लोकतान्त्रिक–प्रगतिशील शक्तिलाई विजयी गराउन...

काठमाडौं,०७ फागुन । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट आन्दोलनका वरिष्ठ नेता झलनाथ खनाल ले...
spot_img

कक्षा १२ को नतिजा साउन २५ भित्र सार्वजनिक हुने

spot_img

काठमाडाैं,१६ साउन । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा साउन २५ गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ।

शैक्षिक क्यालेन्डरअनुसार साउन १५ गतेभित्र नै नतिजा सार्वजनिक गर्नुपर्ने भए पनि शिक्षकहरूको आन्दोलनका कारण परीक्षा ढिला सुरु भएकोले करिब १० दिन ढिलो गरी नतिजा आउने भएको हो।

बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले हाल नतिजा प्रकाशनका प्राविधिक प्रक्रिया तीव्र गतिमा अगाडि बढिरहेको जानकारी दिए। उनले भने, “परीक्षा निर्धारित मितिमा हुन नसकेकोले नतिजा प्रकाशनमा पनि केही ढिलाइ भएको हो। तर हामी साउन २५ भित्र नतिजा निकाल्ने तयारीमा छौं।”

यस वर्ष चैत २० गतेदेखि सुरु भएको शिक्षकहरूको आन्दोलन २९ दिनसम्म चलेको थियो। आन्दोलनकै कारण वैशाख ११ गतेका लागि तय गरिएको कक्षा १२ को परीक्षा वैशाख २१ गतेबाट मात्रै सञ्चालन गरिएको थियो।

शिक्षक महासंघले विद्यालय शिक्षा ऐन पारित गर्नुपर्ने माग राख्दै आन्दोलन गरेका थिए। उक्त आन्दोलनको असर परीक्षामा मात्र नभई नतिजा प्रकाशन प्रक्रियामा पनि देखिएको छ।

यस पटकको परीक्षामा देशभरबाट ५ लाख ११ हजार ५ सय २५ जना विद्यार्थी सहभागी भएका थिए।

spot_img

ताजा अपडेट

लोकप्रिय