Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026
Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

महतो नेतृत्वको सदभावना र...

बिरगंज , २९ पुस । आम जनता पार्टी (आजपा)ले मंगलबार एकैदिन दुई पार्टीसंग...

कांग्रेस विशेष महाधिवेशन :...

वीरगञ्ज २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पक्षधरहरूले निर्वाचन प्रक्रिया धमाधम अघि...

नेपाली कांग्रेसको विशेष महाधिवेशन...

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि निर्वाचन समितिले निर्वाचन तालिका...

गच्छदारले भने कांग्रेस संकटमा,...

वीरगञ्ज , २९ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारले पार्टी गम्भीर...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
13.6 C
Birgunj
spot_img

बारामा सशस्त्र प्रहरीले ८ लाख बराबरको अवैध सामान बरामद

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१६ साउन । सशस्त्र प्रहरीले बाराका विभिन्न स्थानबाट करीव ८ लाख रुपैयाँ मूल्य बराबरका अवैध सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल नम्बर १२ गण बाराका प्रहरी उपरीक्षक खुमबहादुर के.सी.का अनुसार बरामद गरिएका सामानहरू बीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ।

शुक्रबार बिहान पचरौता नगरपालिका–७, बेनौलिबाट एक मोटरसाइकलसहित कम्प्युटर पार्ट्स बरामद गरिएको छ। उक्त सामानको अनुमानित मूल्य ६ लाख ३७ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

त्यस्तै, बिश्रामपुर गाउँपालिकाको घोडासन, बलिरामपुर र मुसर्वा सीमाक्षेत्रबाट जुत्ता–चप्पल, तन्ना, महिलाको कुर्ता र ट्र्याक्टर पार्ट्ससहित करिब १ लाख ५० हजार रुपैयाँ बराबरका सामान बरामद गरिएको छ।

यस्तै, सिम्रौनगढ नगरपालिका–६, अमरपुरबाट मोबाइल टेम्पर ग्लास बरामद गरिएको छ, जसको अनुमानित मूल्य ३५ हजार रुपैयाँ रहेको छ।

सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा तस्करीविरुद्ध निगरानी कडा बनाएको जनाएको छ।

ताजा समाचार

थप समाचार