spot_img

गरुडा बजारमा सार्वजनिक शौचालय नहुँदा खुलेआम दिसामुक्त समस्या

spot_img
spot_img

रौतहट,१६ साउन । रौतहटको प्रमुख व्यापारिक केन्द्र गरुडा बजारमा अहिलेसम्म पनि सार्वजनिक शौचालय नबन्दै खुलेआम दिसामुक्तको समस्या झन् गम्भीर बनेको छ। बजारमा दैनिक सयौँ मानिसको आवतजावत हुँदाहुँदै यहाँ शौचालय सुविधा अभावले स्थानीयबासी, व्यापारी, यात्रु र पर्यटकहरूलाई ठूलो समस्या परेको छ।

२०७९ को स्थानीय तह निर्वाचनपछि मेयर कन्थमणि जैसवालले आफ्नो कार्यकालको पहिलो वर्षभित्र सार्वजनिक शौचालय निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। तर तीन वर्ष बितिसक्दा पनि यो समस्या यथावत रहेको छ।

गरुडा बजारमा दर्जनौं बैंक, व्यापारिक प्रतिष्ठान र हप्तामा दुईपटक हुने ठुलो बजारमा हजारौँ मानिसको भीड लाग्ने गर्दछ। यद्यपि, त्यस्तो व्यस्त बजारमा एउटा पनि सार्वजनिक शौचालय नहुनु व्यवस्थापकीय कमजोरी र जिम्मेवारीमा लापरवाही भएको स्थानीयको गुनासो छ।

स्थानीय समाजसेवी रामभरोस यादवले भने, “महिला र पुरुष दुबैलाई शौचालय अभावले ठुलो असुविधा भोग्नुपरेको छ। अधिकांशले निजी घरका शौचालयमा निर्भर हुन बाध्य छन्। यो अवस्थामा यात्रुहरूको गरिमा र स्वास्थ्य दुवैमा ठूलो असर परेको छ।”

स्थानीयहरूले जनप्रतिनिधिहरूले स्वीकृत बजेट अधिकांश माटो, ग्राभेल, अस्थायी सडक मर्मतमा खर्च गरिए पनि नागरिकका लागि अत्यावश्यक सार्वजनिक पूर्वाधारमा चासो नदेखाएको आरोप लगाएका छन्। उनीहरूले प्राथमिकता नाफा र लोकप्रिय काममा मात्रै केन्द्रित भएको बताए।

तीन वर्षअघि रौतहटलाई खुलेआम दिसामुक्त जिल्ला घोषणा गरिए पनि जिल्लाको मुख्य व्यापारिक केन्द्रमै सार्वजनिक शौचालयको अभाव रहँदा सरकारको घोषणाको व्यवहारिकता माथि प्रश्न उठेको छ।

 

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय